म सबैको सभापति हुँ, भोट नदिनेहरुलाई पनि समेटेर अघि बढ्छुः देउवा

९ पुस ७८, शनिबार

१० पुस, काठमाडौं ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई भोट नदिनेहरुको पनि साथ लिएर पार्टी संचालन गर्ने बताएका छन् ।

शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको निर्वाचित प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभापति देउवाले आफू पार्टीमा सबैको सभापति भएको र सबैलाई समेटेर उनीहरुको मतको कदर गर्दै पार्टीलाई अघि बढाउने बताएका हुन् ।

उनले आगामी निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो दल बनाउनुपर्ने चुनौति रहेको उल्लेख गर्दै ती चुनौतिलाई पनि सामना गरेर पार्टीलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । त्यसका लागि पार्टीलाई निष्पक्ष ढंगले अघि बढाउने सभापति देउवाको योजना छ । त्यस अवसरमा उनले आगामी निर्वाचनमा विजयी गराउने गरी पार्टीलाई अघि बढाउन सबैको साथ र सहयोग हुने विश्वास समेत व्यक्त गरे ।

सभापति देउवाले भने, ‘भोलीका दिनमा हाम्रो लागि ठूलो चुनौति पनि छ । स्थानीय निर्वाचनदेखि राष्ट्रिय निर्वाचनमा पनि पार्टीले जित्नुपर्नेछ । हाम्रो पार्टीले सबैभन्दा ठूलो पार्टी बन्नुछ । यो पार्टीले सच्चा मानेमा सम्पूर्ण नेपाललाई आत्मासात गर्दै, सम्पूर्ण नेपालको प्रतिनिधित्व गर्दै यस पार्टीलाई भोलीका दिनमा जसरी तपाईहरुले मलाई विश्वास गर्नु भो । म सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउन लाग्नेछु ।

पूर्ण रुपमा सबैको सहयोग, निष्पक्ष रुपमा सबैको सहयोग, महाधिवेशनमा भोट नहाल्नेसँग पनि मलाई मतलव छैन । म सबैको सभापति हुँ । म सबैको सभापति हुने प्रयास मात्रै होइन्, त्यही गर्नेछु । मेरो जिम्मा ठूलो छ । त्यसकारण सबैलाई समावेश गरेर, सबैको सभापति बनेर, सबैको भावनाको कदर गरेर यो पार्टीलाई हाँक्न चाहन्छु । र यसमा सबैको सहयोग हुने विश्वास लिएको छु ।’

सभापति देउवाले पार्टीको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने गरी निर्वाचन सम्पन्न गराएको भन्दै पार्टीको केन्द्रिय निर्वाचन समितिलाई पनि धन्यवाद दिए । उनले महाधिवेशनबाट निर्वाचित पार्टीका पदाधिकारी तथा केन्द्रिय सदस्यहरुलाई बधाई पनि ज्ञापन गरे ।

त्यस अवसरमा सभापति देउवाले नेपाली काँग्रेस पूर्ण प्रजातान्त्रिक पार्टी हो भन्नु कुरा पनि महाधिवेशनमा भएको निर्वाचनले पुष्टि गरि दिएको स्मरण गराए । सभापति देउवाले सिंगो मुलुकको प्रतिनिधित्व हुने गरी पार्टीलाई अघि बढाउने पनि बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top