सभापतिको निकटतम प्रतिद्वन्द्वी शेखर पार्टीको २०औँ वरीयतामा

९ पुस ७८, शनिबार

१० पुस, काठमाडौं ।
नेपाली काँग्रेसको नवनिर्वाचित कार्यसमितिमा सभापतिका प्रत्यासी शेखर कोइरालालाई वरीयताको २० ओैँ नम्बरमा राखिएको छ ।

शनिबार पहिलो केन्द्रीय कार्यसमिति बैठकअघि निर्धारण गरिएको वरीयतामा कोइरालालाई २० ओैँ नम्बरमा राखिएको हो । सभापतिमा ४० प्रतिशत मत प्राप्त गरेका कोइरालालाई वर्तमान र पूर्वपदाधिकारीपछिको वरीयतामा राखिएको हो।

कोइरालाले १४औैँ महाधिवेशनमा सभापति शेरबहादुर देउवासँगको प्रतिस्पर्धामा ४० प्रतिशत मत पाएका थिए। कांग्रेसमा यसअघि सभापतिको निकटतम प्रतिद्वन्द्वीलाई सभापतिपछिको वरीयता दिने गरिएको थियो। १०औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका देउवालाई तेस्रो वरीयतामा राखिएको थियो ।

सभापतिपछि वरिष्ठ नेता कृष्णप्रसाद भट्टराई र देउवाको वरीयता निर्धारण गरिएको थियो । तर, १४औँ महाधिवेशनमा देउवासँगको प्रतिस्पर्धा मा दोस्रो भएको शेखरलाई २० औँ नम्बरमा राखिएको छ । देउवाले शेखरलाई भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई महत्व दिएका छन् ।

वरीयतामा शेखर अब केन्द्रीय सदस्यको शीर्ष स्थानमा छन् । १३औैँ महाधिवेशनमा केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएका शेखरको वरीयता ३५औैँ नम्बरमा थियो। १४ औैँ मा देउवासँग प्रतिस्पर्धा गरेपछि शेखर १५ स्थानमाथि आएका छन्।

शेखरलाई २०औँ वरीयतामा राख्न पनि उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले संघर्ष गर्नुपरेको थियो ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top