थप २७१ जनामा कोरोना संक्रमण, १ करोड बढीले लगाए पूर्ण मात्रा खोप

११ पुस ७८, सोमबार

१२ पुस, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

९ हजार १ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा २५१ जना र १ हजार ७ सय २९ जनाको एन्टीजेन परीक्षण गर्दा २० जना गरी २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्‍यु भएको छ भने २२५ जना संक्रमणमुक्त भएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ६७३ पुगेको छ । कोरोनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ५८६ पुगेको छ भने ८ लाख ११ हजार ५ जना संक्रमणमुक्त भएका छन् ।

Advertisement

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ जना रहेका छन् । जसमध्ये ४ हजार ६९४ जना होम आइसोलेसनमा रहेका छन् भने २३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ७८ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २० जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ३१९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म २ करोड ३७ लाख ४० हजार २९६ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

यसमध्ये १ करोड १ लाख ६६ हजार ५०४ जनाले पूर्ण मात्रा र १ करोड ३५ लाख ७३ हजार ७९२ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top