×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

डिप्रेशनको शिकार हुँदै प्रहरी, ५ वर्षमा १४ जनाले गरे आत्महत्या

१२ पुस, काठमाडौं ।
नेपाल प्रहरीले सुरक्षाकर्मीहरुमा बढ्दो आत्महत्याको क्रमलाई रोक्न बिस्तृत अध्ययन गरिने बताएको छ ।

सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक वसन्तबहादुर कुँवरले सुरक्षाकर्मीहरुले नै आत्महत्या गरिरहेको कारणलाई सम्बोधन गर्नेगरी बिस्तृत अध्ययन गरिने बताएका हुन् ।

Advertisement
Advertisement

५ वर्षमा एक दर्जन बढी प्रहरीले गरे आत्महत्या

उनले विगत ५ वर्ष यताको जानकारीमा १३-१४ जना विभिन्न तहका सुरक्षाकर्मीहरुले आत्महत्या गरिसकेको र अधिकांश सुरक्षाकर्मीहरुको आत्महत्याको कारण डिप्रेसनका रहेको बताए ।

प्रवक्ता कुँवरले यस विषयलाई समाधान र सम्बोधन गर्न नेपाल पुलिसले मात्रै नसक्ने भएकोले केन्द्रिय सरकारदेखि प्रदेश र स्थानीय सरकारहरुको सहकार्यमा कारण खोजेर समस्या समाधान गर्ने बताए । उनले बीचमा नै जागिर छोडेर हिँड्ने सुरक्षाकर्मीहरुको हकमा भने अवसरको खोजि मात्र भएको र यो स्वभाविक प्रक्रिया भएको बताए ।

प्रवक्ता कुँवरले भने, ‘अवसरको खोजिमा बीचमै जागिर छोड्ने काम भइरहेको छ । बाहिर सुरक्षा गार्ड लगायत अन्य कुरामा भिसा आउने बित्तिकै यताबाट छोड्ने अवस्था छ । अवसरको खोजि स्वभाविक प्रक्रिया हो ।

विगतको अवस्था भन्दा अहिलेको अवस्थामा मनोबल परिवर्तन भएको छ । आत्महत्याको कुरा जब यी कुरा आए । यी कुराहरु हुन्छन्, किनकि प्रहरी पनि यही समाजको व्यक्ति हो । सबै कुराहरुले उसलाई पनि असर गरेको हुन्छ ।

सुसाइडको डेटा यो ५ महिनामा घट्यो त भन्यौँ । तर असिमित रुपमा घटेको अवस्था छैन । सुसाइडका विभिन्न कारणहरु हुन्छन्, पारिवारिकदेखि लिएर मानसिकसम्म । कारण हामी ल्याउँछौँ र त्यो कारण समाधानर सम्बोधन गर्नेतर्फ लाग्छौँ ।

कारण सम्बोधन गर्नेतर्फ नेपाल प्रहरी पनि सबै निकायसँग सहकार्य गर्न तयार छ । यसलाई प्रहरीले अभियान चालेर मात्रै हुँदैन । केन्द्रदेखि स्थानीयतहसम्म सबैसँग समन्वय गरेर अघि बढ्नेछौँ ।’

पाँच महिनामा १३२६ सिसि क्यामेरा देशभर जडान

प्रवक्ता कुँवरले यो आर्थिक वर्षको शुरुवाती पाँच महिनामा १ हजार ३२६ वटा सिसि क्यामेरा देशभर जडान भएको बताए । उनले महानगरीय प्रहरीले यो आर्थिक वर्षमा सिसिटिभीको कुरा, उपत्यकालाई सेभ भ्याली बनाउने सन्दर्भमा १४५ वटा सिसिटिभी, जडान गर्न ४ करोड ४० लाख रुपैयाँ विनयोजन भइ मूल्यांकनको प्रक्रियामा गएको जानकारी दिए ।

प्रवक्ता कुँवरले उपत्यकाका विभिन्न स्थानमा रहेको विभिन्न ३३ वटा ट्राफिक लाइट मर्मत गरिने र अन्य ३७ स्थानहरुमा ट्राफिक लाइट जडान गर्ने बताए । प्रवक्ता कुँवरले भने, ‘यो आर्थिक वर्षको पहिलो ५ महिनामा १ हजार ३२६ वटा सिसि क्यामेरा देशभर जडान भएको छ ।

अपराध नियन्त्रण गर्ने सम्बन्धमा साधन, श्रोतले धानेसम्म, बजेटले धानेसम्म, प्रविधिमैत्री वातावरण बनाउने सम्बन्धमा प्रहरी र ट्राफिक लागिरहेको अवस्था छ । त्यसैगरी महानगरीय प्रहरीले यो आर्थिक वर्षमा सिसिटिभीको कुरा, उपत्यकालाई सेभ भ्याली बनाउने सन्दर्भमा १४५ वटा सिसिटिभी, जडान गर्न ४ करोड ४० लाख रुपैयाँ विनियोजन भइ इपिडिङ मार्फत् मूल्यांकनको प्रक्रियामा गइरहेको छ ।

त्यस्तै ट्राफिक लाइट त्यसलाई जापान सरकारको सहयोगमा स्थापना भएको ३३ वटा स्थानहरुको ट्राफिक लाइटलाई मर्मत गर्ने, र पैदल यात्रु लाईट ८ स्थानमा छ त्यसलाई पनि मर्मत गर्ने, अन्य ३७ स्थानहरुम ट्राफिक लाइट जडान गर्नेछौँ ।’

ट्राफिक भत्ताको कुरा सम्बोधन हुने

प्रवक्ता कुँवरले ट्राफिक भत्ताको कुरा सम्बोधन हुने र कोभिडको बेला अग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मीहरुको भत्ता आउने सम्भावना भने न्यून रहेको बताए ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top