चन्द्रमामा अन्तरिक्ष स्टेसन बनाउने योजना चीनले आठ वर्षअघि नै पूरा गर्ने

१४ पुस ७८, बुधबार
Share this
698shares

१४ पुस, काठमाडौं ।
चीनले चन्द्रमामा अन्तरिक्ष स्टेसन बनाउने योजना निर्धारित समयभन्दा आठ वर्ष अघि नै पूरा गर्ने भएको छ।

Advertisement

चीनले सन् २०३५ सम्ममा चन्द्रमामा अन्तरिक्ष स्टेसन बनाउने लक्ष्य राखेको थियो। तर सो लक्ष्य सन् २०२७ भित्रै पूरा गर्ने चिनियाँ अधिकारीहरुले बताएका छन् । चिनियाँ अन्तरिक्षसम्बन्धी अध्ययनका अधिकारीहरुले सोमबार अहिलेसम्म नाम नदिइएको उक्त स्टेसनको लागि नयाँ लक्ष्य राखेका हुन्।

चीनले रुससँग मिलेर उक्त स्पेस स्टेसन बनाउन लागेको हो। चीनले चन्द्रमामा अन्तरिक्ष स्टेसन निर्माणको लागि यसअघि नै केही रकेट चन्द्रमामा पठाइसकेको छ।

Advertisement

लामो समयदेखि चीनले अन्तरिक्ष दौडमा अग्रसरता देखाएको थिएन। यद्यपि भविष्यमा अन्तरिक्षमा अमेरिकाबाट जोखिम हुनसक्ने भन्दै पछिल्लो समय भने चीन आक्रामक रुपमा अघि बढेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top