दक्षिण सुडानको सुनखानीमा दुर्घटना हुँदा ३८ जनाको मृत्यु

१४ पुस, एजेन्सी ।
दक्षिण सुडानमा सुनखानीमा भएको दुर्घटनामा परी त्यहाँ कार्यरत कम्तीमा पनि ३८ जना खानी मजदुरको ज्यान गएको छ ।

Advertisement

दुर्घटनामा परी अरु पनि केही व्यक्ति घाइते भएका छन् । दक्षिण सुडानको पश्चिमी क्षेत्र वेस्ट कोर्दाफानमा रहेको सो खानीमा अकस्मात् विस्फोट भएको थियो ।

खानीमा अकस्मात् बिस्फोट भएको र त्यसपछि भत्किएको थियो । त्यसमा परेर ३८ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीले सो खानी असुरक्षित रहेको भन्दै त्यसलाई सञ्चालन नगर्न भनिएको भए पनि सञ्चालनमा ल्याएका कारण यस्तो दुर्घटना भएको बताएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top