‘कम्युनिस्टहरु सत्तामा पुगेपछि किन जनमुखी काम गर्न सक्दैनन् ?’

१३ पुस ७८, बुधबार

१४ पुस, काठमाडौं ।
नेकपा माओवादीको ८ औ महाधिवेशन अन्तर्गत समूह नेताले सुझाव पेश गरिरहेका छन् ।

Advertisement

यसै क्रममा समुह १४ का समूह नेता टंक राईले समुहको छलफलपछि बन्दसत्र हलमा आफ्नो समुहको निश्कर्ष सुनाएका छन् । त्यसक्रममा उनले प्रचण्डको प्रतिवेदनले धेरै कुरा समेटेको भएपनि न्यायालयमा हुने भ्रष्टाचारबारे पार्टीको स्पस्ट धारणा आउनुपर्ने, पार्टीले आगामी दिनमा भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अपनाउनुपर्ने लगायतका सुझाव राखेका छन् ।

त्यस्तै २०६२ पछि भएका मधेस आन्दोलनको समिक्षा, नागरिक आन्दोलनलाई समेत सम्बोधन गर्दै संविधान संशोधनका लागि पहल गर्नुपर्ने बताएका छन् । सुझाव पेश गर्ने क्रममा उनले कम्युनिस्टहरु जनताका कुरा उठाएर सत्तामा जाने तर सत्तामा गएपछि जनमुखी काम गर्न नसक्ने अवस्थाको अन्त्यका लागि दस्तावेजमा खुलाइनुपर्ने सुझाव दिएका छन् ।

Advertisement

’कम्युनिस्टहरु सत्तामा पुगेपछि किन जनमुखी काम गर्न सक्दैनन् ? यसबारे दस्तावेजमा प्रस्ट पारिनुपर्छ’, राईको भनाइ छ । त्यस्तै उनले प्रचण्डपथलाई विचारधाराका रुपमा अघि बढाउन पनि सुझाव पेश गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top