×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

विराटनगरका सयभन्दा बढी मारवाडी समुदायका युवाहरु एमालेमा प्रवेश

१६ पौष, विराटनगर । मारवाडी समुदाय भन्ने वित्तिकै मुख्यत ब्यापार व्यवसायमा आवद्धताको दृष्टिकोणबाट हेर्ने गरिन्छ । खास गरी नेपालमा रहेका मारवाडी समुदायहरु बढी मात्रामा व्यापार व्यवसायमा सम्लन्न रहने हँुदा उनीहरुको अघि व्यापार र सँगसँगै समाजसेवा जोडिएर आउने गरेको छ । नेपालको अर्थतन्त्रमा लामो समयदेखि महत्वपूर्ण योगदान दिदै आएका यो समुदायका ब्यक्तिहरुले पछिल्लो समय राजनीतिमा पनि आफ्नो सहभागिता बढाएका छन् ।

विभिन्न पेशा व्यवसायमा क्रियाशील रही राजनीतिक दलहरुमा असंलग्न रहँदै आएका मारवाडी समुदायका व्यक्तिहरु पछिल्लो समय भने राजनीतिमा सक्रिय हुन थालेका हुन् । उनीहरु विभिन्न राजनीतिक दलमा आवद्ध भई राष्ट्रिय राजनीतिको केन्द्रसम्म पुगिसकेका छन् ।

Advertisement
Advertisement

मारवाडी समुदायबाट विराटनगरका उद्योगी मोती दुगड नेकपा एमालेबाट उद्योग राज्यमन्त्री बनिसकेका छन् । यस्तै अन्य उद्योगी व्यवसायीहरु पनि जनप्रतिनिधीका रुपमा संविधानसभा सदस्य तथा सांसद जस्तो महत्वपूर्ण पदमा पुगिसकेका छन् ।

बिहीबार मात्रै राजनीतिको लामो इतिहास बोकेको तथा औद्योगिक नगरी विराटनगरमा २ सयको हाराहारीमा मारवाडी समुदायका ब्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाल वामपन्थी मारवाडी युवा संगठनको अगुवाईमा २ सयको हाराहारीमा युवाहरु बिहीबार आयोजित एक कार्यक्रमबीच नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य मनोज अग्रवालको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य गुरु बरालले खादा, माला लगाएर ठूलो संख्यामा रहेका मारवाडी युवाहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

एमालेले आसन्न नवौं जिल्ला अधिवेशनमा नेपाल वामपन्थी मारवाडी संगठनबाट तीनजनाले सहभागिता जनाउन पाउने गरी प्रतिनिधिको व्यवस्था गरेको छ । पार्टी प्रवेशपछि संगठनको जिल्ला कमिटी र प्रतिनिधि समेत चयन गरिएको छ ।जसमा मोरङकोवामपन्थी मारवाडी संगठनको अध्यक्षमा अरुण राठीलाई नियुक्त गरिएको छ ।

यस्तै उपाध्यक्षहरुमा तुलसी अग्रवाल, रचनापौद्दार, शेरसिंह दुगड, अभिषेक केडिया नियुक्त भएका छन् । मारवाडी जिल्ला संगठनका अन्य पदाधिकारीहरुमा महासचिवमा मयुर अग्रवाल, सहसचिवमाशुशील मुन्दडा, कोषध्यक्षमा गोपाल पौदार र सहकोषध्यक्षमा दिलीप सोनी नियुक्त भएका छन् । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरे, मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, महानगर कमिटीका अध्यक्ष सागर थापालगायतको उपस्थिति थियो ।

यसअघि २०७७ चैतमा किशोर प्रधानको नेतृत्वमा २ सय ३५ भन्दा बढी उद्योगी व्यवसायी एमालेका प्रवेश गरेका थिए । जहाँ अधिकांश उद्योगी व्यवसायी मारवाडी समुदायका रहेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार तथा पूर्व उद्योग राज्यमन्त्री मोती दुगडको पहलमा ठूलो संख्यामा एमाले पार्टी प्रवेश गरेका मारवाडीहरुलाई तत्कालीन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका थिए ।

मारवाडी समुदाय व्यापारसँगै समाजसेवाका क्षेत्रमापनि अग्रणी स्थानमा रहेर समाज सेवामा समर्पित रहने गर्दछन् । मारवाडी समुदायहरुकै समन्वय र सहयोगमा विभिन्न स्थानमा अतिथि सदन, धर्मशाला, गौशाला, मन्दिरलगायत सार्वजनिक स्थलहरु निमार्ण सम्पन्न भएका छन् ।

Advertisement

नेपालको तराई र मुख्य गरी काठमाडौं उपत्यकामा यो समुदायको बसोवास र व्यापार व्यवसाय रहेको छ । करिव १लाखको संख्यामा रहेको यो समुदायको नेपालमा व्यापार व्यवसायमा भने ४० प्रतिशतभन्दा बढी योगदान रहेको अनुमान गरिन्छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top