वैष्णोदेवी मन्दिरमा भागदौडः १२ जनाको मृत्यु, २० घाइते

१७ पुस, एजेन्सी ।
भारतको जम्मू–कश्मीरको वैष्णोदेवी मन्दिर परिसरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ ।

Advertisement

त्यस्तै घटनामा २० भन्दा बढी घाइते भएको बताइएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार त्रिकुटा पहाडमा रहेको मन्दिरको गर्भगृहमा अत्यधिक भीडका कारण भागदौड मच्चिएको थियो ।

शनिबार बिहान पौने तीन बजेतिर एउटा विवादका कारण एक–अर्कामा धक्कामुक्का भएपछि भागदौड मच्चिएको जम्मू–कश्मीरका डीजीपी दिलबाग सिंहले जानकारी दिएका छन् । मृत्यु हुनेहरूमा दिल्ली, हरियाणा, पन्जाब र जम्मू–कश्मीरका मानिस रहेको अधिकारीले जानकारी दिएका छन् ।

Advertisement

जम्मू–कश्मीरका उपराज्यपाल मनोज सिन्हाले घटनाप्रति दुःख व्यक्त गर्दै छानबिनका लागि समिति गठन गरिएको बताएका छन् । त्यस्तै उनले मृतकका परिवारलाई सहयोगस्वरूप १०–१० लाख र घाइतेलाई उपचारका लागि २ लाख उपलब्ध गराइने बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top