×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

प्रचण्डको प्रतिवेदन पारित, आज नेतृत्व चयन हुँदै

१७ पुष २०७८

१७ पुस, काठमाडौं ।
माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशनको बन्दसत्रले प्रतिवेदनमाथि समूहगत छलफल सकेर निष्कर्ष प्रस्तुत गरेपछि अध्यक्ष प्रचण्डले हलमा उठेका प्रश्नहरूको जवाफ दिएसँगै प्रतिवेदन पारित भएको हो ।

Advertisement
Advertisement

हलले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रचण्डले आउँदो आमनिर्वाचनलगत्तै पार्टीको विशेष महाधिवेशन गर्ने र दस्ताबेजलाई थप परिष्कृत गरेर क्रान्तिकारी विचारको निर्माण गर्ने बताए ।

समूहगत छलफलका लागि २५ वटा समूहमा बाँडिएर भएको छलफलमा अधिकांश प्रतिनिधिले प्रतिवेदनले धेरै विषयको उठान गरे पनि ठोस निष्कर्ष नदिइएको तथा केही महत्वपूर्ण विषय छुटाएको भन्दै असन्तुष्टि जनाएका थिए ।

सोही क्रममा स्थायी कमिटी सदस्य राम कार्कीले पूरक प्रतिवेदन र केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले फरक मतसमेत राखेका थिए । जवाफ दिने क्रममा प्रचण्डले पूरक प्रतिवेदन र फरक मत भन्दै प्रतिवेदनको मूल प्रवृत्ति सही भनेको र विचार तथा पार्टी रूपान्तरणको स्पिरिटसहितको दस्ताबेजका रूपमा हाउसले स्वीकार गरेको निष्कर्ष सुनाए ।

‘तपाईंले यो कसैको करकापमा, आवेशमा वा अन्धभक्तिमा यसो स्वीकार गर्नुभएको होइन,’ उनले भने । प्रचण्डले संगठनलाई रूपान्तरण र विचारलाई अझ विकसित गर्न विशेष महाधिवेशनमा जाने बताएका छन् ।

‘संगठनलाई रूपान्तरण र विचारलाई अझ विकसित गर्न विशेष महाधिवेशनमा जाने भनेका छौँ । विचारको ऐतिहासिक सुरुवात भएको छ । पूर्ण भएको छैन । चुनावपछि विशेष महाधिवेशन गरेर गम्भीर बहससँगै विचारको विकास गर्छौँ,’ महाधिवेशनस्थलबाहिर सञ्चारकर्मीसँग प्रचण्डले भने ।

उनले प्रतिनिधिले उठाएका सबै सुझावलाई मिहीन ढंगले अध्ययन गरेको भन्दै चुनावपश्चात् विशेष महाधिवेशन गरेर यही दस्ताबेजमा समेटेर ल्याउने बताए । ‘कुनै पनि दस्ताबेज आफैँमा पूर्ण भन्ने हुँदैन । चाहे त्यो मार्क्सले लेखेको होस्, चाहे लेनिनले लेखेको ।

तर, त्यसको सार के हो भन्ने महत्वपूर्ण हुन्छ,’ प्रचण्डले भने, ‘त्यसैले अहिले तपाईंले दिएका सबै सुझावले पार्टी र पार्टीको कार्यदिशालाई थप बलियो बनाउनेछ भन्ने मेरो विश्वास छ । अब चुनाव सुरु हुन लागेको छ ।

राष्ट्रिय सभा हुँदै स्थानीय र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि विशेष महाधिवेशन गरेर त्यसबाट दस्ताबेजमा समेट्ने हो ।’
यस्तै आज विधान पनि पारित हुँदैछ। विधान मस्यौदा पारित गर्नका लागि शनिबार बिहान ११ बजेबाट बन्दसत्र सुरू हुन्छ।

विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिएपछि मात्रै पारित गर्ने कार्यसूची रहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्।

विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउँछ। माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ। माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ। सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ।

विधान पारित भएपछि निर्वाचनको काम अगाडि बढ्ने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार विधान पारित भएपछि निर्वाचनको प्रक्रिया शुरु हुन्छ।

क्लस्टर अनुसार प्रदेशबाट केन्द्रीय सदस्यका लागि नाम माग गरेका छन्। ३५ प्रतिशत महिला र ४० प्रतिशत युवा समेटेर केन्द्रीय सदस्यको माग गरेका छन्। उनीहरूले नाम दिएपछि चयन प्रक्रिया अघि बढ्छ। सकेसम्म प्रचण्डले केन्द्रीय सदस्यको नाम सर्वसम्मत गर्ने तयारीमा छन्।

केन्द्रीय सदस्यको टुंगो लागिसकेपछि पदाधिकारी चयन प्रक्रिया अगाडि बढ्नेछ। हालसम्म अन्य नेताले अध्यक्षमा दावी गरेका छैनन्, त्यसैले अध्यक्षमा प्रचण्ड नै दोहोरिने पक्कापक्की छ। वरिष्ठ नेतालाई उपाध्यक्षमा समेट्न लागिएको छ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ। महासचिवमा पनि विभिन्न नेताहरूले दावी गरेका छन्। यस्तै, दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top