राप्रपासँग पार्टी एकता नगर्न मिश्रलाई पाण्डे समूहको चेतावनी

१६ पुस ७८, शनिबार

१७ पुस, काठमाडौं ।
विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेको समूहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग एकीकरण नगर्न अध्यक्ष रवीन्द्र मिश्रलाई चेतावनी दिएको छ।

Advertisement

शुक्रबार मिश्रकै घर पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी एकताको प्रस्ताव राखेको र त्यसमा रवीन्द्र मिश्र पनि सकारात्मक देखिएको खबर सार्वजनिक भएपछि पाण्डे समूहतर्फका विवेकशील साझा पार्टीका प्रवक्त हरिशप्रसाद भट्टले विज्ञप्ति जारी गरी आपत्ति जनाएका हुन्।

‘राप्रपासँग सम्भावित एकतामा ‘विवेकशील साझा’को नाम दुरुपयोग नगर्न रवीन्द्र मिश्रलाई अनुरोध’ शीर्षकमा जारी विज्ञप्तिमा भनिएको छ, ‘ विवेकशील साझा पार्टी र राप्रपाबिच एकीकरणको प्रस्तावबारे स्वयं रवीन्द्र मिश्रले सञ्चारमाध्यमलाई दिएको भनाइप्रति हाम्रो गम्भीर विमति छ।

Advertisement

यस्तो ‘एकताको प्रस्ताव’मा विवेकशील नेपाली दल र साझा पार्टी बिच एकीकरण भएर बनेको विवेकशील साझा पार्टीको नाम दुरुपयोग नगर्न हामी रवीन्द्र मिश्रजीलाई सचेत गराउँदछौँ।’

साथै पार्टीलाई व्यवस्थाविरोधी, राजावादी बनाउने र पार्टीका नेताहरूलाई वैकल्पिक राजनीतिको मर्मविपरीत धारमा उभिन बाध्य बनाउने मिश्रको कदममा सहभागी नहुन पनि पार्टी सदस्यहरूलाई विज्ञप्तिमार्फत अपिल गरिएको छ।

Advertisement

‘वैकल्पिक राजनीतिलाई कलंकति पार्नेगरी जनताले जनआन्दोलनबाट विस्थापित गरेको पश्चगामी शक्तीकहाँ पार्टी बुझाउने र वैकल्पिक राजनीतिका संस्थापक योगदानकर्ताहरूको अपमान गर्ने यो प्रस्ताव खेदजनक र खारेज योग्य छ’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘विवेकशील साझा पार्टी विवेकशील नेपाली दल र साझा पार्टीबीच २०७७ मंसिर २४ गते एकीकरण भएर बनेको पार्टी हो।

यो पार्टीको जग एकीकरण सम्झौतापत्र हो। दोस्रो पार्टी एकीकरणपछि मिश्रले साउन ११ गते पार्टीको एकीकरण घोषणापत्र विपरीत, विधानविपरीत र वैकल्पिक राजनीतिको मर्मविपरीत व्यवस्था विरोधी, संविधान विरोधी, वैकल्पिक राजनीति विरोधी दस्तावेज ल्याएर आफ्नो र केही व्यक्तिहरूको निजी राजनीतिक स्वार्थ पूरा गर्न पार्टी कानुनी र राजनीतिक रूपमा कब्जा गर्न खोजिरहेका छन्।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top