भारतमा कोरोनाको तेस्रो लहर

१८ पुस, एजेन्सी ।
भारतमा कोरोना भाइरसको तेस्रो लहर फैलिएको छ ।

Advertisement

सङ्क्रमण फैलिँदै गएपछि राजधानी दिल्ली, हरियाणा र तेलङ्गनामा कडा निर्देशन लागू गरिएको छ ।

तेलङ्गनामा भीडभाड गर्न रोक लगाइएको छ भने सामूहिक कार्यक्रम र र्‍याली तथा राजनीतिक सभा सम्मेलनमा समेत रोक लगाइएको छ । यस्तै, मास्क नलगाउनेलाई एक हजार रुपैयाँ जरिबाना तिराइने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Advertisement

यसैगरी हरियाणा सरकारले पनि सिनेमा हल, खेल मैदान, स्वमिङ पुल लगायत सार्वजनिक स्थलमा जान रोक लगाएको छ । सरकारी र निजी कार्यालयमा ५० प्रतिशत मात्रै कर्मचारी जान पाउने नियम बनेको छ । यो नियम आउँदो १२ तारिखसम्म लागू हुनेछ ।

यस्तै, पश्चिम बङ्गालमा पनि प्रतिबन्धात्मक नियमलाई कडा पारिने भएको छ । यस्तै, सङ्क्रमण फैलिए पछि राष्ट्रपति भवन सङ्ग्रहालय बन्द गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top