माओवादी महाधिवेशनः निर्वाचन कार्यतालिका फेरि संशोधन, मतदान भोलि बिहान ८ बजेदेखि

१८ पुस ७८, आइतबार
Share this
780shares

१८ पुस, काठमाडौं ।

Advertisement

नेकपा (माओवादी केन्द्र)को निर्वाचन आयोगले आठौँ महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका पुनः संशोधन गरेको छ।

संशोधित कार्यतालिकाअनुसार आइतबार अपराह्न ४ः०० बजेदेखि ६ः०० बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको छ भने ६ः३० मा उम्मेदवारको मनोनयन दर्ता सूची प्रकाशन गरिने छ।

Advertisement

यस्तै साँझ ७ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजूरी दिन सकिने छ। यसैगरी उम्मेदवारको नामावली पुनः प्रकाशन ८ः०० बजे गरिने छ भने साढे आठ बजेसम्म उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ। ८ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ।

सोमबार बिहान ८ः०० बजेदेखि दिउँसो १ः२५ सम्म मतदान हुनेछ। मतदान सकिएको एक घण्टापछि मतगणना सुरु गरिने माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top