प्रधानमन्त्रीको भारत भ्रमण अघि आरजुले थालिन् दिल्लीमा राजनीतिक भेटघाट

१८ पुस, विराटनगर ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी चलिरहेका बेला पत्नी आरजु राणाले नयाँ दिल्लीमा सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटेकी छन्।

चौथाइवालेले आइतवार ट्वीट गर्दै आरजुसँग भेटेको तस्वीर सार्वजनिक गरेका छन्। ‘निजी भ्रमणमा दिल्लीमा रहेकी डा. आरजु राणा देउवासँग मेरो आज अत्यन्त सौहार्दपुर्ण भेट भयो,’ चौथाइवालेले लेखेका छन्।

प्रधानमन्त्री देउवाको भारत भ्रमणको एक साताअघि पत्नी आरजुले भारतीय सत्तारुढ दलसँग भेटेकी हुन्। भेटमा प्रधानमन्त्रीको भारत भ्रमणबारे समेत कुराकानी भएको अनुमान गरिएको छ।

तर यसको स्वतन्त्र पुष्टि भएको छैन। देउवा पुस २५ गते भारत भ्रमणमा जाने तयारी भइरहेको छ। नेपाल सरकार भ्रमणको एजेन्डा तय गर्न जुटिरहेका बेला प्रधानमन्त्री पत्नी भारतीय जनता पार्टीका नेतालाई भेटेकी छिन्।

आरजु र चौथाइवालेबीच ब्यक्तिगत सम्बन्ध सुमधुर रहँदै आएको बताइन्छ। चौथाइवाले गत अगस्ट तेश्रो साता नेपाल आएका बेला आरजुलाई रक्षाबन्धन बाँधिदिएको बिषयले निकै चर्चा पाएको थियो। आरजु एक साताअघि नयाँ दिल्ली पुगेकी थिइन्।

प्रधानमन्त्री पत्नी आरजु देउवाको भ्रमणकै तयारीको क्रममा दिल्ली पुगेको चर्चा भएपनि बालुवाटार स्रोतले भने उनी भाइको स्वास्थ्य उपचारका लागि गएको दाबी गरेको थियो। आरजुका भाइको गत सोमबार दिल्लीस्थित एक अस्पतालमा शल्यक्रिया भएको थियो।

भारतीय राज्य गुजरातको गान्धीनगरमा आयोजना हुन लागको दशौँ ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा सहभागी हुन प्रधानमन्त्री देउवा भारत जाने कार्यक्रम बनेको छ। ओमिक्रोनको संक्रमण बढे भ्रमणबारे पुर्नविचार हुनसक्ने परराष्ट्र अधिकारीले बताए। तर भ्रमणको गृहकार्य भने भइरहेको छ।

गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर हो। गुजरात राज्य सरकारले आयोजना गर्ने उक्त ग्लोबल समिट मोदीले उद्घाटन गर्नेछन्। पुस २६ देखि २८ सम्म आयोजना हुन लागेको उक्त समिटमा श्रीलंका लगायत विश्वका विभिन्न मुलुकलाई साझेदार मुलुकका रुपमा आमन्त्रण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मोदी गुजरातको मुख्यमन्त्री हुँदा सन् २००३ मा उक्त समिटको अवधारणा अघि सारिएको थियो। हरेक दुई वर्षमा यो समिट हुँदै आएको छ। यसपाली समिटको नारा ‘आत्मनिर्भर गुजरातदेखि आत्मनिर्भर भारत’ दिइएको छ।

समिटमा विश्वका आर्थिक क्षेत्रका प्रभावशाली व्यक्ति, लगानीकर्ता र राजनीतिक व्यक्तित्व गरी १३५ देशका ४० हजार पाहुना सहभागी हुनेछन्। देउवा प्रधानमन्त्री भएयता पहिलोपटक भारत भ्रमणमा जान लागेका हुन्। पछिल्लोपटक प्रधानमन्त्री बनेयता देउवा पहिलो विदेश भ्रमणमा बेलायतको स्कटल्याण्ड गएका थिए।

उनले त्यहाँ संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागिता जनाएका थिए। स्कटल्याण्ड भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री मोदीसँग साइडलाइन भेट गरेका थिए। भेटमा दुई प्रधानमन्त्रीबीच भ्रमण आदान प्रदान गर्ने सहमति भएको थियो।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top