पाकिस्तानका पूर्वकप्तान मोहम्मद हफिजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए

१८ पुस ७८, सोमबार

१९ पुस, विराटनगर ।
पाकिस्तानका पूर्व कप्तान तथा स्टार अलराउन्डर मोहम्मद हफिजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।

हफिजले सोमबार एक पत्रकार सम्मेलन गर्दै सन्न्यास लिएका छन् । ४१ वर्षिय हफिजले पाकिस्तानबाट ५५ टेस्ट, २ सय १८ ओडिआई र १ सय १९ टि२० आई खेल खेलेका छन् । ‘१८ वर्षअघि मैले पाकिस्तान क्रिकेट टोलीमा एउटा यात्रा सुरु गरेको थिए ।

त्यसको म आज औपचारिक रुपमा सन्न्यास लिन चाहन्छु । धेरै खुसी र राम्रोको साथ सन्न्यास लिएको छु’, हफिजले भने । हफिजले १ सय ५ टेस्ट इनिङमा १० शतक र १२ अर्धशतक सहित ३ हजार ६ सय ५२ रन बनाउनुको साथै ५३ विकेट लिएका छन् ।

हफिजले सन् २००३ मा बंगलादेशविरुद्ध टेस्टमा डेब्यू गरेका थिए । हफिजले यस अघिनै टेस्टबाट सन्न्यास लिई सकेका थिए । २०१५ मा बंगलादेशविरुद्ध २ सय २४ करिअरको उत्कृष्ट प्रदर्शन गरेका थिए । २०१४ मा न्युजिल्यान्डविरुद्ध खेलेको १ सय ९७ र २०१२ मा श्रीलंकाविरुद्ध खेलेको १ सय ९६ रन यादगार प्रदर्शनमा पर्दछन् ।

हफिजले ओडिआईमा २००३ अप्रिलमा जिम्बावेविरुद्ध डेब्यू गरेका थिए । ओडिआईमा ११ शतक र ३८ अर्धशतक सहित ६ हजार ६ सय १४ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन २०१३ मा श्रीलंकाविरुद्ध १ सय ४० रन अविजित थियो । ओडिआईमा १ सय ३९ विकेट लिएका थिए ।

टि२० आईमा हफिजले २ हजार ५ सय १४ रन बनाउनुको साथै ६१ विकेट लिएका छन् । पाकिस्तानले २००९ को टि२० विश्वकप जित्दा हफिज टोलीमा महत्वपूर्ण सदस्य थिए । २०१७ मा च्याम्पियन्स ट्रफीको उपाधि, २००७ को टि२० विश्वकप फाइनल र यस वर्षको टि२० विश्वकप सेमिफाइनल यात्रामा उनी टोलीमा थिए ।

हफिजले पाकिस्तानका लागि पहिलो खेल खेल्नु र टि२० विश्वकपमा भारतलाई १० विकेटले हराउनु करिअरको उत्कृष्ट क्षण बताए । हफिजले घरेलु र फ्रेन्चाइज क्रिकेट भने खेल्नेछन् ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top