×

NEPAL TIMES UPDATES

Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026

दिनहुँ हुन्छन् डरलाग्दा सडक दुर्घटना, जिम्मेवार को ?

२० पुष २०७८

२० पुस, रासस ।
स्याङ्जा चापाकोट नगरपालिका–४ बस्ने ५३ वर्षीय गीतानाथ खनालको गत महिना सडक दुर्घटनामा मृत्यु भयो ।

सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेलीटोल नजिक उनले चलाएको ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई सडक पार गर्ने क्रममा बुटवलबाट बेलहिया जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।

Advertisement
Advertisement

मोटरसाइकल चालक खनाल र मोटरसाइकलमा सवार उनका १३ वर्षीय छोरा सन्दीप खनाल दुर्घटनाबाट गम्भीर घाइते भई उपचारका क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार गर्दागर्दै मृत्यु भयो । दुर्घटनाको मुख्य कारण ट्रकको तीव्र गति भएको ट्राफिक प्रहरीले निष्कर्ष निकाल्यो । यस्ता घटना रुपन्देहीमा दिनहुँजसो हुने गरेका छन् ।

जिल्लामा यसरी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या डरलाग्दो देखिन्छ । जिल्ला ट्राफिक कार्यालय रुपन्देहीको चौवर्षीय सवारी दुर्घटनाको रेर्कडअनुसार आर्थिक वर्ष २०७४–७५ देखि २०७७–७८ सम्ममा ११९४ सवारी दुर्घटनामा ३९० जनाको मृत्यु भएको देखिन्छ भने गम्भीर घाइते ६४९ र घाइते ४१० जना भएका छन् ।

आर्थिक वर्ष २०७८–७९ को मङ्सिरसम्म ६६ सवारी दुर्घटनामा ३८ जनाको मृत्यु भएको देखिन्छ भने गम्भीर घाइते ४५ र घाइते २३ छन् । यसकारण रुपन्देहीमा दुर्घटनाले मानिसको मृत्यु, गम्भीर घाइते र घाइते हुने सङ्ख्या हेर्दा डरलाग्दो देखिन्छ ।

यो अवधिमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका छन् । त्यसपछि कार, जीप र ट्र्याक्टर तथा ट्रक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा सबैभन्दा धेरै सवारी दुर्घटना चालकको लापरबाहीबाट हुने गरेको छ ।

आर्थिक २०७४–७५ देखि २०७७–७८ सम्म चालकको लापरबाहीबाट ५२१ वटा दुर्घटना, यात्रुको गल्तीबाट १४९ र तीव्रगतिबाट १५७ दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको रेकर्डमा देखिन्छ । ओभरटेक, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, चौपाया, सडकको अवस्था, मौसमको अवस्थाका कारण पनि सडक दुर्घटना हुने गरेका छन् ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरबाही भएको बताए ।

वार्षिक रूपमा हजारौँको सङ्ख्यामा सवारी नेपालमा भित्रिने तर पुराना विस्थापित नहुनु, साँघुरा सडक, नशालु पदार्थ सेवन गरी सवारी चलाउनु, फुटपाथको अधिकरणजस्ता कारणले सवारी दुर्घटना हुने गरेको प्रहरी उपरीक्षक थापाले बताए । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रदेशभरि ‘चालकसँग ट्राफिक प्रहरी’जस्ता चालक प्रशिक्षण कार्यक्रम गरिरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले चालकले ट्राफिक नियम पालना नगर्दा डरलाग्दा सडक दुर्घटना हुने गरेको बताए । सडक दुर्घटनाका लागि रुपन्देहीमा ट्राफिक प्रहरी स्कूल कलेज, क्लब र यात्रुसँग प्रत्यक्ष जोडिएर जनचेतनाका कार्यक्रम गरिरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए । उनले भने, सडक दुर्घटना न्यूनीकरणका लागि हाम्रो अभियान चालकदेखि यात्रुसँग हुन्छ ।

रुपन्देहीमा पछिल्लो समय ट्राफिकले बढी भिडभाड हुने स्थानमा ट्राफिक लाइट जडान तथा अन्तर्क्रिया र चालक प्रशिक्षण कार्यक्रम गरिरहेको छ । असुरक्षित सडक संरचना, व्यवस्थित सवारी नियमन मापदण्डको अभाव, चालकको अयोग्यता, सवारी नियमको अज्ञानताका कारणले धेरै सवारी दुर्घटना हुने गरेको सवारी दुर्घटना न्यूनीकरण अध्ययन उपसमितिको २०७७ को प्रतिवेदनमा उल्लेख छ ।

Advertisement

सडक दुर्घटना हुनुमा सवारी चालक र पैदलयात्री नै जिम्मेवार देखिने गरेको तथ्य भेटिन्छ । यसको न्यूनीकरणका लागि चालक र यात्रुलाई जिम्मेवारी बनाउनु पर्दछ ।

भर्खरको समाचार

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

सम्बन्धित खबरहरु

Scroll to Top