किन अमेरिकाबाट रुस भाग्दैछ ध्रुवीय भालु ?

२० पुस, एजेन्सी ।
जलवायु परिवर्तनका कारण अमेरिकामा ध्रुवीय भालुले आफ्नो बासस्थान छोडेर रुस भागेको छ।

Advertisement

पछिल्लो समय जलवायु परिवर्तनका कारण सेतो भालुको नामले चिनिने ध्रुव्रीय भालुको ठूलो संख्या विस्थापित भएको हो। विस्थापित हुनुको मुख्य कारण बढ्दो गर्मी र जलवायु परिवर्तन रहेको बताइएको छ।

इंग्ल्याण्डको मिडिया संस्थान दल टेलिग्राफमा प्रकाशित समाचारअनुसार पश्चिमी अलास्काको ब्यारो उतकियागविकमा बसोबास गर्ने ध्रुवीय भालुहरू अहिले सामूहिक रूपमा रसियाको चुक्ची सागरतर्फ जान थालेको छ।

Advertisement

ठूलो संख्यामा विस्थापित भएको स्थानीयले बताएका छन् । यो समाचार न भालुका लागि राम्रो छ, न मानिसका लागि। किनभने कुनै पनि कारणले वातावरणमा रहेका कुनै पनि महत्त्वपूर्ण जीव विस्थापित भएमा त्यसबाट सम्पूर्ण पारिस्थितिक प्रणाली प्रभावित हुन्छ।

हालै, बक्सिङ डे मा, अलास्काको कोडियाक आइल्याण्डमा तापक्रम अधिकतम १९.४ डिग्री सेल्सियस पुगेको थियो। यो तापमान ध्रुवीय भालुको लागि उचित होइन। अलास्कामा यस समयमा उच्च तापक्रमका कारण, बरफ द्रुत रूपमा पग्लिरहेको छ।

Advertisement

दोस्रो, रुसको चक्की सागरमा खानाको अभाव छैन । भालुहरूले अब अलास्का छेउमा सही तापक्रम प्राप्त गर्दैनन्, न त तिनीहरूले माछा र अन्य जीवहरू राम्ररी खान पाउन सक्छन्।

ध्रुवीय भालुको उचित परिस्थिति मिल्ने ठाउँमा जाने बानी हुन्छ। तर यसपटक उनीहरुको विस्थापन ठूलो मात्रामा देखिएको छ । किनभने हालै अलास्काको खाडीमा अवस्थित कोडियाक टापुमा अहिलेसम्मकै उच्च तापक्रम बढेको छ ।

यो क्षेत्र ब्यूफोर्ट सागर नजिक छ। यहाँ समुन्द्रको हिउँ पग्लिरहेको छ । किनभने तापक्रम १९.४ डिग्री सेल्सियस नाघेको छ । उनीहरु एकाएक बेपत्ता भएका छन् । अलास्कामा ह्वेलको शिकार गर्ने क्याप्टेन हर्मन अहशोकले यस्तो दृश्य आफूले पहिले कहिल्यै नदेखेको बताए ।

यहाँ पहिला ध्रुवीय भालुहरू देखिन्थे। तर यस समयमा ध्रुवीय भालु देखिएका छैनन्। १९९० को दशकमा, २१७ ध्रुवीय भालुहरू यहाँ देखिएका थिए।

यी भालुहरू अब अमेरिकाको सुदूर उत्तरी छेउबाट नदेखिने स्थानीयहरू बताउँछन् । तर हिउँ पग्लिन थालेपछि भालुको संख्या पनि घट्यो । पछिल्लो ५० वर्षमा अमेरिकाको यस भागको तापक्रम ४.८ डिग्री सेल्सियसले बढेको थियो ।

बढ्दो ग्लोबल वार्मिङका कारण, ध्रुवीय भालुहरू ठूलो मात्रामा विस्थापित भइरहेका हुन्। उनी अमेरिकाको सुदूर उत्तरी क्षेत्रबाट भागेर रुसतर्फ लागेका हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top