×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

नुवाकोट र गोरखामा भूकम्पले भत्काएका ५० हजार घरको पुनर्निर्माण

२१ पुष २०७८

२१ पुस, काठमाडौं ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्त्काएका घरहरुको पुनर्निर्माण सकिँदा घर पाउनेहरु  खुशी भएकाछन् ।

Advertisement
Advertisement

 २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको पराकम्पका कारण नेपालमा ठूलो जनधनको क्षति भएको थियो । आवास पुनर्निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाकका स्थानीयहरु ६ वर्षपछि आफ्नै आवासमा बसेका छन् । जग्गाहीनहरुले पनि घर बनाउनका लागि जग्गा पाएको र बस्नका लागि उचित बासस्थान पाउँदा खुशी देखिन्छन् ।

यूएनडिपी र भारतको सहयोगमा नुवाकोट र गोरखाका ५० हजार घर पुनर्निर्माण

 भारत सरकार र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम यूएनडिपीको संयुक्त सहयोगमा गोरखा र नुवाकोटका करिव ५० हजार घर पुनर्निर्माण सम्पन्न भएको छ । अझै पनि गोरखामा भूकम्पबाट भत्किएका साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण गर्नसके गोरखाको मुहार फेरिने स्थानीयहरुको भनाइ छ । ३ लाखमा सरकारले बनाइदिएको घरमा अहिले आनन्द महशुस गरिरहेको उनीहरु बताउँछन् ।

घरहरु पुनर्निर्माणका लागि ३ लाख रुपैयाँ पर्याप्त भएन

त्यस्तै गोर्खा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष हरिबहादुर खनालले अहिले निर्माणसम्बन्धी अधिकांश कामहरु सकिएको र केही विद्यालय तथा साँस्कृतिक सम्पदाका कामहरु बाँकी रहेको बताए ।

उनले नेपाल सरकारले भूकम्पका कारण भत्किएका घरहरु पुनर्निर्माणका लागि ३ लाख रुपैयाँ दिए पनि त्यो पर्याप्त नहुँदा कतिपय आवास अहिलेसम्म पनि निर्माण हुन नसकेको गुनासो गरे ।  अध्यक्ष खनालले भने, ‘अहिले निर्माणसम्बन्धीका धेरै कामहरु भएका छन् ।

अधिकांश विद्यालयहरु बनिसकेका छन् । बन्न बाँकी भनेको धार्मिक संरचनाहरु, मठ, मन्दिरहरु बन्न बाँकी छन् । यद्यपी धेरै स्वास्थ्यचौकी र विद्यालयहरु बनिसकेका छन् । बन्ने क्रममा पनि केही छन् । तर नेपाल सरकारले ३ लाख रुपैयाँ भन्दा धेरै सहयोग गर्न सकेन ।

३ लाखले पहाडी भेगमा घर बनाउन गाह्रो हुने रहेछ । स्थानीय निर्वाचन भइसकेपछि जनप्रतिनिधिहरुको दौडधुपले गर्दा केही नर्मल भयो । भुक्तानि दिने प्रक्रिया पनि अलि छिटो भयो । एक वर्ष यता नर्मल तरिकाबाट धेरै घरहरु बनिसकेपछि सामान्य बन्दै गएको छ ।

अहिले बनेका घरहरु जति बन्दैछन्, ती घरहरु भूकम्प प्रतिरोधी हुनुपर्ने, भनेर मापदण्ड नै स्थानीय तहले निकालेका छौँ ।’

पुनर्निर्माणले स्थानीयको आर्थिक स्थितीमा सुधार

आवास पुनर्निर्माणपछि स्थानीयहरु रोजगारी सिर्जना भएको र काम सिक्ने अवसरले आफ्नो आर्थिक स्थितीमा सुधार भएको बताउँछन् । यूएनडिपीले आफ्नै विज्ञ इन्जिनियरहरुबाट गाउँ गाउँमा पुगेर भूकम्प प्रतिरोधी घर बनाउन सिकाएको र त्यो सीपले नै आफ्नो र परिवारको आर्थिक स्तर बढ्दै गएको बताउँछन् ।

उक्त तालिम महिला र पुरुष दुवैले पाउँदा महिलालाई पनि समान अधिकार मिलेको उनीहरुको भनाइ छ । आवास निर्माण साथी डम्बरबहादुर सुनार, घर बनाउन मात्र नभएर आफूले भूकम्पबाट पीडित र त्रसित गोरखावासीलाई सम्झाउन पाएकोमा निकै खुशी लागेको महशुस गर्छन् ।

 उनी भन्छन् , ‘डिपीआर गरिसकेपछि घर बनाउन सक्ने स्थिती भएन । त्यसपछि भारत सरकारले फेरि अर्को परियोजना ल्याएर जस्ताहरु सहयोग गरेर काम गर्नुभयो । एउटा घर जसरी भएपनि बनाउनु पर्ने भनेर सहयोग गर्नुभयो ।

यसको लागि भारत सरकारलाई मुरीमुरी धन्यवाद । त्यस्तो गर्दागर्दै पनि अहिलेको अवस्थामा केही घरहरु रोकिरहेको छ । रोकिएको घरहरुलाई सहजीकरण भनेर अन्तिम अवस्थामा हामीले आफैँ एनएस लागि परेर सहजीकरण ग¥यौं ।’

त्यस्तै सिक्स टेक्टिकल सर्भिसेस प्रा.लि.का दीपक त्रिपाठीले आफ्नो कम्पनीले नेपालमा आवास निर्माण साथीहरुलाई सामाजिक, प्राविधिक र संरचनात्मक कुराहरुमा सहयोग गर्न पाएकोमा खुशी लागेको बताए ।

उनले नेपालमा भूकम्पबाट सुरक्षित घरहरु निर्माण गरेको बताए । उनले भने, ‘यूएनडिपी र भारत सरकारको सहयोगमा यो परियोजना सम्पन्न भएको छ । हामीले नेपालमा आवास निर्माण साथीहरुलाई सामाजिक, प्राविधिक र संरचनात्मक कुराहरुमा सहयोग गरेका छौँ । यसमा हामी धेरै नै खुशी छौँ । हामीले सकेसम्म सुरक्षित घरहरु निर्माण गरेका छौँ ।’

  आवासगृह बनाउन भारतको सहयोग जारी रहने

त्यस्तै नेपाल स्थित भारतीय दुतावास उपप्रमुख  खम्पा नामग्यालले भारत सरकारले भूकम्पबाट भत्किएका आवासगृह बनाउन सहयोग गरिरहेको र अझै विकासका क्षेत्रमा पनि सहयोग गर्ने बताए ।

 उनले यूएनडिपी र भारत सरकारको सहयोगमा नुवाकोट र गोरखाका ५० हजार घर पुनर्निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गर्र्दै भारत सरकारले नेपालमा स्वास्थ्य, शिक्षा र सँस्कृतिको क्षेत्रमा सहयोग गरिरहने बताए ।

उनले भने, ‘नेपाल सरकारलाई भारत सरकारले भूकम्पबाट भत्किएका आवासगृह बनाउन सहयोग गरिरहेको छ । यूएनडिपी र भारत सरकारको सहयोगमा गोरखा र नुवाकोटमा गरी ५० हजार भन्दा धेरै आवास पुनर्निर्माण गरिएको छ ।

२०१५ को विनाशकारी भूकम्पमा परी भत्किएका घरहरुको पुनर्निर्माण गर्न पाउँदा हामी धेरै ने खुशी भएका छौँ । हामीले आवास क्षेत्रको पुनर्निर्माण पूरा रुपमा सकेका छौँ । भारत सरकारले नेपालमा स्वास्थ्य, शिक्षा र सँस्कृतिको क्षेत्रमा धेरै सहयोग गरिरहेको छ । यी तीन क्षेत्रमा करिव २ सय प्रोजेक्ट गरेका छौँ । भारत नेपालको लागि विकासको साथी हो ।’

गोरखा र नुवाकोटका आवास पुनर्निर्माणको काम  सकियो

त्यस्तै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नेपाल उपप्रतिनिधि बेर्नान्र्डाे काक्कोले २०१५ मा गएको भूकम्पले भत्काएका गोरखा र नुवाकोटका आवास पुनर्निर्माणको काम पूर्ण रुपमा सम्पन्न भएको बताए ।

उनले यूएनडिपीले यसमा सामाजिक र प्राविधिक सहयोग गरेको बताउँदै भारत सरकारको सहयोग उल्लेखनीय रहेको बताए ।  उपप्रतिनिधि बुर्नान्डोले भने, ‘२०१५ मा गएको भूकम्पले भत्काएका गोरखा र नुवाकोटका आवास पुनर्निर्माणको काम हामीले सकेका छौँ । भारतले गरेको सहयोग पनि यसमा सह्रानिय छ । यसमा हामीले सामाजिक र प्राविधिक र आर्थिक सहयोग धेरै गरेका छौँ ।’

Advertisement

उपप्रतिनिधि बेर्नान्र्डाेले पुनर्निर्माणका काममा आफूहरु हरेक कुरामा केन्द्रित रहेकोले सुरक्षित आवास निर्माण भएको दाबी गरे । उनले नेपाललाई यो बाहेकका अन्य विकासका क्षेत्रमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top