×

NEPAL TIMES UPDATES

Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026

वर्षमान र जर्नादनजीबीच सहमति नभए महासचिव बन्न प्रस्ताव आएको छः देव गुरुङ

२१ पुष २०७८

२१ पुस, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले वर्षमान पुन र जनार्दन शर्माको महासचिवमा दाबेदारी आइरहेकाले सहमतिमा लैजाने प्रयास भइरहेको बताएका छन् ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले सहमतिमा जान नसकेमा वरिष्ठ नेताहरूबाट सहमतिमा जाने कुरा चलेकोले महासचिवमा आफ्नो नाममा प्रस्ताव आएको पनि बताए । उनले आफूले हालसम्म पार्टीका कुनै पदमा दाबी नगरेको भन्दै सहमति मिलाउन महासचिव बन्ने प्रस्ताव आए अस्वीकार नगर्ने र तोकिएको जिम्मेवारी पूरा गर्न तयार रहेको स्पष्ट पारेका हुन् ।

Advertisement
Advertisement

नेता गुरुङले भने, ‘अहिलेको सन्दर्भमा निश्चितरुपले दुई जना उम्मेदवारको बारेमा वर्षमान पुन (अनन्त) र जनार्दन शर्मा (प्रभाकर) को सार्वजनिक रुपमा महासचिवमा दाबेदारी भनेर आइरहेको छ । उहाँहरूको दाबेदारी रहेको स्थितिमा अध्यक्ष कमरेडले सहमतिमा लैजान पाए हुन्थ्यो भनेर सहमति जुटाउने अधिकतम प्रयास गरिरहनुभएको छ ।

उहाँहरू दुईजना बीचमा सहमति हुन नसकिरहेको अवस्थामा तेस्रो सहमतिको उम्मेदवार खोज्नुपर्ने र सहमतिको लागि सिनियर कमरेडहरु नै खोज्नुपर्छ भन्ने कुरा गरिरहनुभएको छ । अध्यक्षले चाहेको अवस्थामा निर्वाचन नगराईकन सहमतिमै जानुपर्छ भनिरहेको अवस्थामा लिडरशीपले सेटिङ गरेअनुसारको जिम्मेवारी नाई नास्ती गर्ने भन्ने कुरो भएन, अस्वीकार गर्ने भन्ने कुरा हुँदैन ।

त्यस अवस्थामा ठिक छ तपाईंले चाहनुभएको छ, सहमतिको उम्मेदवार खोज्नुभएको छ भने राम्रो कुरा हो । यो कदमप्रति हाम्रो समर्थन हुन्छ । सहयोग हुन्छ । तोकिएका जिम्मेवारीहरू पूरा गर्न हामी तयार छौँ ।’

आफू नफर्की पदाधिकारी नबनाइयोस् भनेर पुनले आग्रह गरेका कारण पदाधिकारी चयनमा केही ढिलाइ भएको पनि उनले खुलाए । उनले भने, ‘पछिल्लो समयमा पदाधिकारी गठनको सन्दर्भमा स्थायी समितिकै सदस्य वर्षमानजी उपचारमा नै रहनु भएकोले उहाँले म नफर्कँदा सम्म पदाधिकारी नबनाइयोस्, मेरो पनि दाबी विरोध रहन्छ, भन्ने प्रकारको कुरा रहेकोले सायद अलिकति वेट एन्ड सीको रुपमा गएको हुनसक्छ । मलाई लाग्छ २५ गते मिटिङ बस्ने भनिएको छ, त्यसमा टुंगोमा पुग्ला भन्ने लाग्छ ।’

फरक प्रसङ्गमा नेता गुरुङले पार्टी र देशकै अभिभावकको रूपमा रहेकोले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताए । उनले पार्टीमा अन्य पदाधिकारीहरू कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकोले सक्षम व्यक्तिहरूलाई चयन गरेर नेतृत्व दिनुपर्ने बताए । उनले आउँदो पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीहरूको बारेमा टुङ्गो लगाउने पनि जानकारी दिए ।

Advertisement

उनले पदाधिकारी चयनको विषयमा केही गृहकार्य बाँकी रहेकोले सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्ने जिकिर गरे । नेता गुरुङले पार्टीका पदाधिकारीका लागि निर्वाचन गरिनु नहुने भन्दै पदाधिकारीहरू सहमतिमै चयन गर्न आग्रह पनि गरे । उनले पदाधिकारीका लागि गरिएको निर्वाचनले क्षणिक समय लाभ मिले पनि अन्ततः पार्टी विघटनको स्थितिमा पुग्ने दाबी गरे ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top