टेनिस स्टार नोभाक जोकोविचलाई अस्ट्रेलिया प्रवेशमा रोक

२२ पुस, एजेन्सी ।
अस्ट्रेलियाले विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोविचको भिसा रद्द गरेको छ ।

अस्ट्रेलियन ओपन टेनिसका लागि मेलबर्न पुगेका जोकोविचको भिसा रद्द भएको हो । उनीसँग अस्ट्रेलिया प्रवेशका लागि भिसा थियो, तर मेलबर्न विमानस्थलमा उनलाई केही घण्टा रोकियो ।

त्यसपछि उनले अस्ट्रेलिया प्रवेशका लागि आवश्यक नियमहरु पूरा नगरेको भन्दै भिसा रद्द गरी डिपोर्ट गर्ने घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसविरुद्धको खोप लगाए–नलगाएको सार्वजनिक नगरेका जोकोविचले अस्ट्रेलियन ओपन टेनिस खेल्नकै लागि एक दिन पहिले खोल नलगाए पनि हुने गरी छुट दिइएको थियो ।

तर अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोही पनि व्यक्ति नियम भन्दा माथि नरहेको बताएका छन् । जोकोविचले खोप लगाउनु पर्ने नियमलाई चुनौति दिएका हुन् ।

जोकोविचको टिमले खोप नलाएको अवस्थामा अस्ट्रेलिया प्रवेशका लागि दिइने छुटसहितको भिसाका लागि आग्रह नगरेको अधिकारीहरुले थाहा पाएका हुन् ।

जोकोविचले अहिलेसम्म आफूले खोप लगाए–नलगाएकोबारे बताएका छैनन्, तर गएको वर्ष उनले आफू खोपको विपक्षमा रहेको उल्लेख गरेका थिए ।

वकिलहरुले भिसा रद्द गर्ने निर्णय उल्ट्याउने प्रयास गरिरहँदा जोकोविच अस्ट्रेलियामै रहने वा नरहने भन्ने खुलेको छैन । प्रधानमन्त्री मोरिसनले ट्वीट गरेका छन्, ‘नियम भनेको नियम हो, विशेष गरी जब हाम्रो सीमासँग जोडिएको हुन्छ । कोही पनि यी कानुन भन्दा माथि हुँदैन ।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top