तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन सरकारले खारेज गर्ने

Share this
681shares

२२ पुस, काठमाडौं ।
सरकारले चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने जनाएको छ ।

Advertisement

विभिन्न कलेजले बढी शुल्क लिने गरेको गुनासो आएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायलले पटक–पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजको समबन्धन खारेज गर्ने चेतावनी दिएको हो ।

आयोगको निर्देशनलाई बेवास्ता गरी गैरकानुनीरूपमा विद्यार्थीबाट बढी शुल्क असुर गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ,शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Advertisement

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ (क)मा निर्धारितभन्दा बढी शुल्क लिएमा सम्बन्धन खारेज गर्न सकिने उल्लेख छ । चिकित्सा शिक्षाको एमबिबिएसलगायत शैक्षिक कार्यक्रमका लागि लिइने शुल्क राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ मा उल्लेख गरिएको छ ।

मन्त्रालय र आयोगले विद्यार्थीलाई तोकिएको भन्दा बढी शुल्क नबुझाउन आग्रह गरे पनि मेडिकल कलेजहरुले बढी शुल्क नबुझाए विद्यार्थीलाई परीक्षा दिन नै वञ्चित गराउँदै आएका छन् । (रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top