प्रधानमन्त्री मोदीलाई पन्जाबमा गरिएको ‘हमला’विरुद्ध अभिनेत्री कंगनाको कडा प्रतिक्रिया

२२ पुस ७८, बिहीबार
Share this
701shares

२२ पुस, एजेन्सी ।
बुधबार पन्जाबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गाडीलाई प्रदर्शनकारीले रोकेको विषयमा अभिनेत्री कंगना रनावतको प्रतिक्रिया आएको छ।

Advertisement

अभिनेत्री कंगनाले बिहीबार सामाजिक सञ्जालमा प्रधानमन्त्री मोदीलाई अवरोध गरिएको विषयमा ‘लज्जास्पद’ र ‘लोकतन्त्रविरुद्ध आक्रमण’ भनेकी हुन्। साथै उनले पन्जाब आतंकवादी गतिविधिको केन्द्र बन्दै गएको टिप्पणी गरेकी छन्।

कंगना रनावतले लेखेकी छन्, ‘पन्जाबमा जे भयो, त्यो लज्जास्पद छ। माननीय प्रधानमन्त्री प्रजातान्त्रिक रूपमा निर्वाचित नेता, प्रतिनिधि र १४० करोड जनताको आवाज हुनुहुन्छ। उहाँविरुद्धको आक्रमण हरेक भारतीय नगारिकविरुद्धकै आक्रमण हो।

Advertisement

यो हाम्रो लोकतन्त्रविरुद्धको हमला हो। पन्जाब आतंकवादी गतिविधिको केन्द्र बनिरहेको छ। हामीले अहिले नै तिनीहरूलाई रोकेनौं भने देशले ठूलो मूल्य चुकाउनुपर्नेछ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top