नेपालमा थप २४ जनामा ’ओमिक्रोन’ संक्रमण पुष्टि

२३ पौष ,काठमाडौँ । नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ’ओमिक्रोन’ पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज शुक्रवार विज्ञप्ति निकालेर पुस महिनामा सङ्कलन गरिएका एक हजार एक सय ४६ नमुनामध्ये २४ वटामा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको जानकारी गराएको हो ।

यी नमुना देशभरबाट सङ्कलन गरिएका हुन् । यसअघि नेपालमा तीन जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा ओमिक्रोन पुष्टि हुनेको सङ्ख्या २७ जना पुगेको छ ।

ओमिक्रोन भेरियन्ट फैलिएको पाइएपछि यसका कारण हुन सक्ने बिरामीको चापलाई ध्यान दिएर स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

यस्तै मन्त्रालयले उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अरू सामग्रीको जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ ।

सीमा नाकामा कोरोना परीक्षणलाई थप प्रभावकारी बनाउने तथा सङ्क्रमण देखिएका व्यक्तिलाई आइसोलेशनमा राखिने विज्ञप्तिमा उल्लेख छ ।

काठमाण्डौका वीर, निजामती, वीरेन्द्र सैनिक, टिचिङ, प्रदेश २ को प्रदेश जनप्रयोगशालामा एस–जिन सिक्वेन्सिङ हुने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमणको दर पनि बढिरहेको छ । मन्त्रालयले सङ्क्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्डलाई पालना गर्न अनुरोध पनि गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top