नेकपाको प्रदेश र जिल्ला कमिटी बराबरी हैसियतमा

काठमाडौं, साउन २९
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश र जिल्ला कमिटी बराबरीकै हैसियतमा एकता हुने भएका छन् । भदौ दोस्रो सातासम्म एकीकृत भइसक्न केन्द्रले निर्देशन दिएपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबाट बराबर सदस्य समेटेर कमिटी निर्माण गर्न लागिएको हो ।

केन्द्र र संघको निर्वाचनमा दुई पार्टीले बाम गठबन्धन गर्दा ६०–४० को भागबण्डा गरेका थिए । प्रदेश सरकार गठनमा ७०–३० भागबण्डा गरेका उनीहरुले केन्द्रमा दुई दल एकतापछि भने जिल्ला र प्रदेशमा आधा–आधा हिस्सेदारीमा कमिटी गठन गर्ने तयारी गरेका हुन् ।

एकीकरण गर्दा विगतको एमाले र माओवादी नभई अहिलेकै नेकपाका नेता–कार्यकर्ताको हिसाबमा र उनीहरुको योग्यता, क्षमता, आवश्यकता, वरिष्ठताका आधारमा कमिटीमा सिफारिस गरिएको स्थायी समिति सदस्य वेदुराम भुसालले जानकारी दिए । ‘दुई–चार संख्या तलमाथि भए पनि आमरुपमा प्रदेश र जिल्ला कमिटीहरुको एकीकरण गर्दा बराबरीकै आधारमा दुवैतर्फबाट सदस्यहरु समेटेर प्रदेश र जिल्ला कमिटी गठन हुँदै छ,’ उनले भने ।

प्रदेश १ मा पूर्वमाओवादीले केही संख्या कम सदस्य पाए पनि अरु प्रदेश कमिटीमा बराबर सदस्य सिफारिस भएका छन् । उता, कर्णाली प्रदेश कमिटीमा भने पूर्वएमालेभन्दा पूर्वमाओवादी तर्फका सदस्य बढी रहनेछन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top