नाइजेरियामा हतियारधारी डाँकुद्वारा २०० गाउँलेको हत्या

Share this
693shares

२५ पुस, एजेन्सी ।
अफ्रिकी देश नाइजेरियामा हतियारधारी डाँकुले कम्तीमा २०० जनाको हत्या गरेका छन्।

Advertisement

उत्तरी राज्य जाम्फाराको गाउँमा प्रतिशोध लिनका लागि हतियारसहित आएका डाँकुले गाउँलेको हत्या गरेको स्थानीय बासिन्दालाई उद्धृत गर्दै द गार्डिनले जनाएको छ। मारिएकाहरुको आर्मीले सामूहिक अन्तिम संस्कार गरेपछि गाउँलेहरु शनिबार घर फर्किएका छन्।

राज्य सरकारले डाँकुको आक्रमणमा ५८ जना मारिएको बताएको छ। तर श्रीमती र तीन छोराछोरी गुमाएका स्थानीय उमारु माकेरीले करिब १५४ जनालाई सामूहिक चिहान पुरिएको बताएका छन्।

Advertisement

स्थानीय बासिन्दाले आक्रमणमा मृत्यु हुनेको कुल संख्या कम्तीमा २०० रहेको बताएका छन्। डाँकुको आक्रमणबाट प्रभावित भएको गाउँका सामुदायिक नेता बालाराबी अल्हाजीले भनेका छन्, ‘हामीले डाँकुको आक्रमणबाट मारिएका कुल १४३ लाई पुरेका छौँ।’

अरु केही भिजिलान्तेहरु पनि मारिएको उल्लेख छ। डाँकूहरुले गाउँ प्रवेश गरेर देखेका सबैलाई गोली हानेको गाउँलेले बताएका छन्। कुर्फा दान्या गाउँका बासिन्दा बाबान्दी हामिदुले भनेका छन्, ‘१० वटा गाउँमा गरेर १४० जनाभन्दा धेरैलाई पुरिएको छ।

Advertisement

अझै पनि शवको खोजी जारी छ।’ डाँकूको आक्रमणमा १०० जनाको ज्यान गएको शुक्रबार बताइएको थियो, अहिले मृत्यु हुनेको संख्या बढेको हो। गएको मंगलबारदेखि बिहीबार रातिसम्म डाँकूले गाउँमा आक्रमण गरेका थिए। उनीहरुले स्थानीयका घर पनि जलाएका छन्।

गएको सोमबार बिहानै आर्मीले डाँकुहरुको समूहलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो। त्यसमा १०० जनाभन्दा बढी हतियारधारी डाँकु मारिएको र त्यसमा दुई डाँकु नेता पनि रहेको उल्लेख थियो। सोही आक्रमणको प्रतिशोध लिन डाँकुले गाउँलेमाथि आक्रमण गरेका हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top