प्रधानमन्त्री देउवा आइसोलेसनमा

२४ पुस ७८, आइतबार

२५ पुस, विराटनगर ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोभिड संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् ।

उनी कन्ट्याक्ट ट्रेसिङमा परेकाले शनिबारदेखि नै आइसोलेसनमा बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दाहालमा शनिबार बिहान कोभिड संक्रमण पुष्टि भएको थियो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकमा दाहाल सहभागी थिए ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्रीमा कुनै लक्षण नदेखिए पनि दाहाललाई कोभिड देखिएकाले पीसीआर रिपोर्ट नआउँदासम्म (करिब तीन दिन) आइसोलेसनमा बस्न चिकित्सकले सुझाव दिएको बताए ।

प्रधानमन्त्री शनिबार बिहान प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेटेर आएलगत्तै आइसोलेसनमा बसेका हुन् । यद्यपि उनमा कोभिडसँग मिल्दाजुल्दा कुनै पनि लक्षण नदेखिएको स्वकीय सचिवले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top