पाकिस्तानः हिउँमा रमाउन गएका कम्तीमा २२ जनाको मृत्यु, सयौँ मानिस अलपत्र

२४ पुस ७८, आइतबार

२५ पुस, एजेन्सी ।
उत्तरी पाकिस्तानमा हिमपातमा परेर कम्तिमा २२ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एकजना प्रहरी, उनकी श्रीमती र ६ जना छोराछोरी छन् । साथै अर्को एकै परिवारका पाँच सदस्यको पनि सोही हिमपातमा मृत्यु भएको स्थानीय आकस्मिक सेवालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पाकिस्तानको राजधानी इस्लामावादबाट करिब ६० किलोमिटर उत्तरपूर्वमा पर्ने मुरीको हिल स्टेशसनमा यो घटना भएको हो । त्यहाँ हरेक वर्ष हिउँदयाममा पर्यटकहरु हिमपातको मजा लिन जाने गर्दछन् ।

शनिबार चार फिटसम्म हिउँ जमेपछि सडक बन्द भयो । पर्यटकहरु बीचबाटोमै अलपत्र परे । कतिपय सवारी साधन हिउँमै पुरिएका छन् । धेरै जनाको चिसोमा कठ्याङ्ग्रिएर ज्यान गएको छ ।

आपतकाल घोषणा

भारी हिमपातका निम्तिएको यो घटनापछि पाकिस्तानको पन्जाब सरकारले आपतकाल घोषणा गरेको छ । सेनाको टोली बाटो खुलाउने र हिउँमा फसेकाहरुको उद्धार गर्ने कार्यमा जुटेको छ ।

गृहमन्त्री शेख रसिदले १५–२० वर्षयताकै धेरै संख्यामा पर्यटकहरु हिउँमा खेल्न भनेर मुरी क्षेत्रमा पुगेका थिए । बाटोमा पर्यटकहरु चढेका करिब १ हजार सवारी साधनहरु अलपत्र परेका छन् ।

त्यसैले ठूलो आपत आइपरेको उनको भनाइ छ । उनका अनुसार रावलपिण्डी र इस्लामावाद प्रशासनको टोली तथा सेनाका पाँच प्लाटुनलाई उद्धार कार्यमा परिचालन गरिएको छ । आज साँझसम्ममा हिउँमा फसेका गाडीहरुलाई निकाल्न सकिने सरकारी अधिकारीहरुको भनाइ छ ।

पन्जाब सरकारले हिल स्टेशनका सबै बाटाहरु बन्द गरेको छ । आपत्कालीन सेवामा खटिएकाहरुलाई बाहेक अन्यलाई त्यहाँ आउ–जाउ गर्न प्रतिबन्ध लगाइएको छ । खाना र कम्बल लगेर उद्धारमा जानेहरुलाई मात्र अनुमति दिइएको छ ।

पाकिस्तानको मौसम विभागले जनवरी ६ तारिखदेखि ९ तारिखको बीचमा मुरी र गलियत क्षेत्रमा भारी हिमपात हुने भविष्यवाणी गरेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top