×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

सहिद स्मारक ए डिभिजन लिगमा आजदेखि नवौँ चरणका खेल हुँदै

३० पुष २०७८

३० पौष, काठमाडौँ । १४ क्लबको सहभागिता रहेको सहिद स्मारक ए डिभिजन लिगमा आज शुक्रवारदेखि नवौँ चरणका खेल हुँदैछ ।

आठौँ चरणका खेल सकिएसँगै उपाधि कसले जित्छ भन्नेमा उत्साह भइरहँदा रेलिगेशन क्षेत्रमा रहेका टोली बच्नका लागि सङ्घर्ष गरिरहेका छन् । नवौँ चरणको खेलअघिको पत्रकार सम्मेलनमा सबैजसो क्लबले तीन अङ्कका लागि खेल्ने बताएका छन् ।

Advertisement
Advertisement

आजदेखि नवौँ चरणको खेल सुरु हुँदा दिनको पहिलो खेल विभागीय फुटबल क्लब एपीएफ र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । विभागीय क्लब एपीएफले विदेशी खेलाडी भित्र्याएसँगै राम्रो नतिजा निकाल्न सफल भइरहेको छ भने हिमालयन शेर्पाले मध्यम प्रदर्शन गर्दै तालिकाको बीचमा रहेको छ ।

यस्तै दोस्रो खेलमा तालिकाको दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी फुटबल क्लबले यसै सिजनको नयाँ टोली सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

उपाधि होडलाई बचाइराख्न मनाङ सातदोबाटो युथ क्लबसँग सर्तक रहेर खेल्नेछ । किनभने सातदोबाटो युथ क्लबले बलिया टोलीसँगको खेलमा राम्रो नतिजा निकाल्दै अङ्क जोडिरहेको छ । मनाङका प्रशिक्षक तोपे फुजाले क्लब जुन भए पनि आफ्नो टोली तीन अङ्कका लागि खेल्ने बताए ।

यता सातदोबाटो युथ क्लबले पनि राम्रो नतिजाका लागि खेल्ने बताएको छ । शीर्ष डिभिजनमा उक्लिएसँगै तारिफ योग्य प्रदर्शन गरेको सातदोबाटोका प्रशिक्षक सुरज महर्जनले बताए ।

आठौँ चरणको समाप्तिमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको र्शीष स्थानमा रहेको छ । नवौँ चरणको खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्नेछ । मच्छिन्द्र फुटबल क्लबले उपाधि उचाल्ने लक्ष्यका साथ खेल्ने बताएको छ ।

भोलि शनिवारको खेलमा भने फ्रेन्ड्सले त्रिभुवन आर्मी फुटबल क्लबसँग तीन अङ्कका लागि खेल्ने जनाएको छ । फ्रेन्ड्स यो लिगमा एक मात्र टोली हो जसले एक खेलमा पनि स्पष्ट तीन अङ्क जोड्न सकेको छैन ।

Advertisement

यस्तै थ्री स्टार क्लबले सङ्कटा क्लबसँग नवौँ चरणको खेलमा प्रतिस्पर्धा गर्दा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबबीच नवौँ चरणको अन्तिम खेल हुनेछ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top