×

NEPAL TIMES UPDATES

Playing
चुनावको नतिजापछि बंगालमा राजनीतिक हिंसा उग्र|| Nepal Times
May 07, 2026
Playing
यु द्ध छिट्टै सकिने Trumpको दाबी, अमेरिकी प्रस्तावलाई Iranले विचार गर्दै || Nepal Times
May 07, 2026
Playing
इरान–रुसलाई ड्रोनका पार्टपुर्जा दिदै चीन, अमेरिकी प्रतिबन्धले छोएन|| Nepal Times
May 07, 2026
Playing
मौसम विभागको पूर्वानुमान क्षमता विस्तार गर्ने विराजभक्तको प्रतिवद्धता|| Nepal Times
May 07, 2026
Playing
दोहोरो सेवासुविधामाथि सरकारको निगरानी, उच्च पदाधिकारीको सुविधा जाँच हुँदै|| Nepal Times
May 07, 2026
Playing
प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा || Nepal Times
May 07, 2026
Playing
सुगौली सन्धिको धारा ५को रहस्य, जुन भारतले कहिल्यै भन्न चाहँदैन|| Nepal Times
May 07, 2026
Playing
आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ? || Nepal Times
May 07, 2026
Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026

स्टिकर छपाइ अब नेपालमै

३० पुष २०७८

३० पौष, काभ्रे । अन्तःशुल्क ’स्टिकर’ को सुरक्षित मुद्रण नेपालमै गर्न अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् ।

काभ्रेको पनौतीमा रहेको आईटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको हिजो बिहीवार निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिएका हुन् ।

Advertisement
Advertisement

‘हामीलाई करिब तीन अर्ब पिस स्टिकर चाहिँदो रहेछ । त्यो तीन अर्ब स्टिकर छाप्न यस्ता मेशिन कति चाहिन्छन्, तत्काल ल्याएर जडान गर्न आग्रह गर्छु’, मन्त्री शर्माले भने, ‘कमसेकम अर्थ मन्त्रालयलाई आवश्यक पर्ने स्टिकर उपलब्ध गराउनुहोस् ।’ उनले अब एक वर्षको अवधिमा मन्त्रालयलाई आवश्यक पर्ने परिमाणको स्टिकर छाप्न सक्नेगरी व्यवस्था गर्न निर्देशन दिए ।

जडान हुँदै गरेका अत्याधुनिक मेशिनले नोटबाहेक अन्य सबै किसिमका मुद्रण गर्ने जानकारी आफूलाई दिइएको बताउँदै उनले यसको ठूलो बजारसमेत रहेको उल्लेख गरे । उनले बैंक, यातायात, मालपोतलगायतका विभिन्न क्षेत्रको काम यसले पाउनसक्ने बताए ।

आफूले सुरक्षण प्रिन्टिङ प्रेसमा नाफा मात्रै देखेको स्पष्ट पार्दै मन्त्री शर्माले यसका लागि सरकार लगानी गर्न नहिच्किचाउने बताए ।

‘धेरै ठूलो व्यापार यसले गर्नसक्ने भएकाले यसमा लगानी भनेको नाफाका लागि हो’, मन्त्री शर्माले भने, ‘यहाँ मैले घाटा देखिनँ । नाफा मात्रै हुने ठाउँमा लगानी गर्न सरकारले पनि हिच्किचाउनुपर्छ जस्तो मलाई लाग्दैन ।’

उनले नेपालमा कुनै पनि हालतमा चोरी नहुने तथा नक्कली स्टिकर बनाउन नमिल्ने स्तरको सुरक्षित स्टिकर छाप्नुपर्ने आवश्यकता औँल्याउँदै अब सुरक्षण मुद्रण केन्द्रले त्यो परिपूर्ति गर्नेमा विश्वास व्यक्त गरे ।

यसबाट अर्बाैँको राजस्व चुहावटलाई नियन्त्रण गर्न सकिने विश्वास उनले व्यक्त गरे । ‘यहाँ प्रिन्ट गरेर अर्बाैँको फाइदा मात्र गर्ने होइन, अर्बाैँको राजस्व थप असुल हुने पनि देखिन्छ । अहिले मन्त्रालयले अन्तःशुल्क स्टिकरबाट करिब एक खर्ब रुपैयाँ बराबरको राजस्व उठाउने गरेको छ’, उनले भने, ‘यस्ता स्टिकरले सुशासन कायम गर्नसमेत सहयोग गर्छ ।’

यसैगरी प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षण मुद्रण केन्द्र राज्यले सञ्चालन गरेका संस्थामध्ये उदाहरणीय संस्था बन्नसक्ने उल्लेख गरे । ‘’यसले नमुनाका रूपमा काम गरोस्, उनले भने, ‘भोलि गएर सरकारले चलाएको उद्योग पनि राम्रो चल्छ, राम्रो हुँदोरहेछ भन्ने कुरा यसले देखाउन सकोस् ।’

Advertisement
Advertisement

अहिले स्टिकर छाप्ने काम जनक शिक्षा सामग्री केन्द्रले गर्दै आएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार दुई वर्षदेखि जनक शिक्षाले झन्डै २२ करोडमा स्टिकर छाप्दै आएको छ । यसअघि ’ग्लोबल टेन्डर’ मार्फत स्टिकर छापिँदै आएको थियो । (रासस)

भर्खरको समाचार

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top