२९ वटा डमरुकी आमा ‘कलरवाली’ को मृत्यु

३ माघ, एजेन्सी ।
‘कलरवाली’ नामबाट चर्चित बघिनीको भारतको मध्यप्रदेशस्थित पेन्च राष्ट्रिय निकुञ्जमा मृत्यु भएको छ ।

२९ वटा डमरुलाई जन्म दिएको यो बघिनीलाई ‘सुपर मम’ पनि भनिन्थ्यो । १७ वर्षको यो बघिनी तीन–चार दिनदेखि बिरामी रहेको र गत शनिबार पेन्च राष्ट्रिय निकुञ्जमा मृत्यु भएको मध्यप्रदेशस्थित वन विभागले जनाएको छ ।

निकुञ्जका अधिकारीहरुको उपस्थितिमा उसको अन्तिम संस्कार गरिएको थियो । वनमन्त्री डा. कुँवर विजय शाहले कलरवालीको मृत्युबाट अपूरणीय क्षति पुगेको बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘मध्य प्रदेशलाई टाइगर स्टेटको दर्जा दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी रानी अब रहिनन् । प्रदेशमा २९ डमरुकी आमा सुपर टाइग्रेस ममप्रति म श्रद्धाञ्जली अर्पण गर्दछु ।

रानीको योगदानका कारण आज हाम्रो प्रदेश टाइगर स्टेटको रुपमा ख्याती कमाइरहेको छ ।’ अन्य वन्यजीव प्रेमीहरुले पनि कलरवालीको मृत्युमा शोक व्यक्त गरेका छन् ।

यो बघिनीको जन्म पेन्च नेशनल पार्कमा सन् २००५ मा भएको थियो । सन् २००८ मा पहिलो पटक आमा बनेकी उक्त बघिनीले सन् २०११ मा एकैपटक पाँच डमरु जन्माएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । एकै पटक पाँच डमरुको जन्मलाई दुर्लभ मानिन्छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top