उत्तरले थप दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको दावी

३ माघ, एजेन्सी ।
उत्तर कोरियाले सोमबार बिहान दुईवटा मिसाइल प्रहार गरेको हुनसक्ने दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।

Advertisement

उत्तर कोरियाले राजधानी प्योङयाङबाट सोमबार छोटो दूरीमा मार हान्ने दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाको भनाइ छ।

यो वर्ष (सन् २०२२) लागेसँगै उत्तर कोरियाले दुईवटा हाइपरसोनिक मिसाइल प्रहार गरिसकेको छ। यस्तै गएको शुक्रबार छोटो दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइलको जोडी परीक्षण गरेको थियो।

Advertisement

सोमबारको परीक्षण पुष्टि भएमा उत्तर कोरियाले यो वर्षको सुरुवातमै प्रहार गरेको मिसाइलको संख्या चार पुग्नेछ।

जापान सरकारले सोमबार भएको परीक्षणबारे पहिले जानकारी गराएको हो। जापानले उत्तर कोरियाको मिसाइल गतिविधि आफ्नो क्षेत्रको शान्ति र सुरक्षाका लागि खतरा रहेको बताएको छ।

Advertisement

सोमबार उत्तर कोरियाले विमानस्थलबाट मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top