×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

पीएम टि-२० क्रिकेट कपः बागमतीलाई ५० रनले हराउँदै नेपाल पुलिस फाइनलमा

४ माघ २०७८

४ माघ, काठमाडौँ । प्रधानमन्त्री कप टि २० राष्ट्रिय प्रतियोगितामा अलराउन्डर दीपेन्द्रसिंह ऐरीको घातक बलिङसँगै नेपाल पुलिस क्लब फाइनलमा पुग्न सफल भएको छ । पुलिसले पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ५० रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

१ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५ रन बनायो । बागमतीका ओपनर आदिल खानले ३३ बलमा ३ चौकासहित सर्वाधिक २७ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले १६ बलमा ४ चौकासहित २३ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

Advertisement
Advertisement

ओपनर ईशान पान्डे एक रनमै क्याच आउट भएका थिए । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र आदिलले ४३ रनको साझेदारी गर्दै जितको आशा जगाए । दीपेन्द्रको नवौं ओभरको पहिलो बलमा ज्ञानेन्द्र ठूलो सट खेल्ने धुनमा डिप मिडविकेटमा अनिल शाहबाट क्याच आउट भए । त्यसपछि दीपेन्द्रले बागमतीको इनिङ ध्वस्त बनाएका थिए ।

बागमतीले बाँकी १९ रन जोड्न ७ विकेट गुमाएपछि फाइनल सम्भावना सकिएको थियो । दीपेन्द्रले विपिन आचार्यलाई २ रनमा एलबीडब्लू आउट गरे । दीपेन्द्रले नन्दन यादवलाई ६, प्रतिश जि.सीलाई ४ र आदिल खानलाई आउट गर्दै जित नजिक पुर्याएका थिए ।

रामनरेश गिरी बलमा २५ चौका ३ सहित २२ रनमा अविजित रहे । रिजन ढकाल १७ बलमा २ चौकासहित १५ रनमा अविजित रहे । पुलिसका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । स्पिनर सागर ढकालले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । आरिफ शेखले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । पुलिसका ओपनर पवन सरार्फले ५४ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५९ रनको योगदान दिए ।

पवनले दुई जीवनदान पाएका थिए । त्यसको भरपुर सदुपयोग भने गर्न सकेनन् । स्पिनर तिलक भण्डारीको ११ औं ओभरको पाँचौं बलमा कभरमा सुमन सुनवारले पवनको ४३ रनमा ड्रप गरेका थिए । लगत्तै अर्को ओभरको तेस्रो बलमा विकेटकिपर लक्की कठायतले ४७ रनमा क्याच ड्रप गरेका थिए । पवनले ४८ बलमा अर्धशतक पूरा गरेका थिए ।

पुलिसले चौथो ओभरमा दुई ब्याटरलाई गुमाएको थियो । बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले चौथो ओभरको तेस्रो बलमा शंकर रानालाई ८ रनमा क्याच गराएका थिए । मिड अनमा रामनरेश गिरीले उत्कृष्ट क्याच लिँदै पेभेलिएन फर्काए । रिजनको यसै ओभरको अन्तिम बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर मिडअफमा प्रतिश जि।सीबाट शून्यमा क्याच आउट हुन पुगे । अस्वस्थको कारण कुशल भुर्तेल टोलीमा नहुँदा रानाले ओपनिङ गरेका थिए ।

तेस्रो विकेटका लागि पवन र अनिल शाहले ७८ रनको साझेदारी गरेका थिए । १६ औं ओभरमा नन्दन यादवले दुई विकेट लिएका थिए । नन्दनले अनिल शाहलाई २५ रनमा एलबीडब्लू आउट गरे । २४ बल खेलेका अनिलले १ चौका प्रहार गरे । दुई बलपछि पवन तिलकबाट क्याच भएका थिए । आरिफ शेख ९ बलमा १ छक्कासहित १२ रनमा क्याच आउट भए ।

Advertisement

दीलिप नाथ १६ बलमा २ चौका र २ छक्कासहित ३१ रनमा अविजित रहे । राशिद खान ५ रनमा अविजित रहे । बागमतीका रिजन ढकालले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । नन्दन यादवले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । प्रतिश जि.सीले १ विकेट लिए । दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीच केहि समयमा प्रतिस्पर्धा हुँदैछ । फाइनल बुधबार हुनेछ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top