Nepal Times
Nepal Times
3
Shares

बालविवाह मुद्दामा तनहुँ अदालतले सुनायो पाँच जनालाई १५ दिनको कैद सजाय

बालविवाह मुद्दामा तनहुँ अदालतले सुनायो पाँच जनालाई १५ दिनको कैद सजाय

४ माघ, तनहुँ । बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमवारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो ।

साथै उनीहरूलाई जनही पाँच÷पाँच हजार रुपैयाँ जरिबानाको फैसला भएको तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार गोरखाको सहिद लखन गाउँपालिका–३ का भानुभक्त अर्याल, सन्तोष अर्याल, व्यास नगरपालिका–११ का विष्णुप्रसाद भट्टराईलाई कैद र जरिबानाको फैसला भएको छ । दुई जनाको नाम भने खुलाइएको छैन ।

प्रहरीले गएको असार ३१ गते बालविवाह मुद्दा दर्ता गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.