कोरोनाको तेस्रो लहर फैलिएपछि सर्वोच्चले थाल्यो सेवा कटौतीको गृहकार्य

४ माघ, काठमाडौँ । कोरोना संक्रमणको तेस्रो लहर फैलिएपछि सर्वोच्च अदालतले सेवा कटौतीको गृहकार्य थालेको छ । त्यसका लागि आज दिउँसो सर्वोच्च अदालतको पूर्ण बैठक बोलाइएको छ ।

Advertisement

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा बैठकमा सहभागी नहुने भएका छन् । अरु न्यायाधीशहरुले सेवा कटौतीको निर्णय गर्ने र त्यसमा पछि प्रधानन्यायाधीश जबराले समेत हस्ताक्षर गर्ने तयारी गरिएको स्रोतले बतायो ।

यसअघि दुई पटकको लहरमा पनि सर्वोच्च अदालतले सेवा कटौती गरेर सीमित मुद्दामा मात्रै सुनुवाइ गरेको थियो ।

Advertisement

संक्रमण फैलिएपछि नेपाल बार एसोसिएसनले पनि २५ जना कानून व्यवसायीहरुलाई सीमित गरेर प्रधानन्यायधीश विरुद्धको आन्दोलनलाई निरन्तरता दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top