भारतमाथि दक्षिण अफ्रिकाको सहज जित

५ माघ ७८, बिहीबार

६ माघ, विराटनगर ।
दक्षिण अफ्रिकाले पहिलो एक दिवसीय क्रिकेटमा भारतलाई हराएको छ ।

घरेलु मैदानमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३१ रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको २ सय ९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन मात्र बनाउन सक्यो ।

भारतका लागि शिखर धवन, विराट कोहली र शार्दुल ठाकुरले अर्धशतकीय पारी खेले । धवनले ७९, कोहलीले ५१ र शार्दुल ठाकुरले ५० रन बनाए । यस्तै, श्रेयस आयरले १७ , रिसब पन्तले १६, जस्प्रित बुम्राहले १४ र कप्तान केएल राहुलले १२ रन जोडे ।

दक्षिण अफ्रिकाका लुङ्गी एनजिडी, ताब्रेज शाम्सी र एडिलेले दुई–दुई विकेट लिए भने एडेन मार्क्रम र केशव महाराजले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९६ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले १ सय २९ रन र कप्तान टेम्बा बाभुमाले १ सय १० रनको शतकीय पारी खेले । यस्तै, क्विन्टन डी ककले २७ रन जोडे । भारतका जस्प्रित बुम्राहले दुई तथा रविचन्द्र आश्विनले एक विकेट लिए ।

जितसँगै तीन खेलको श्रृङ्खलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । दोस्रो खेल भोलि हुनेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top