टी–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाली टोली घोषणा

५ माघ ७८, बिहीबार

६ माघ, विराटनगर ।
आगामी फेब्रुअरीमा ओमान हुने टी–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा युवा ब्याटर लोकेश बम, विवेक यादव पनि समेटिएका छन् । १६ सदस्य टोलीमा तीव्र गतिका बलर सोमपाल कामी र विकेटकिपर विनोद भण्डारी छैनन् ।

टोलीमा अनुभवी ब्याटर शरद भेषावकर, प्रदीप ऐरी र तीव्र गतिका बलर जितेन्द्र मुखियाले पुनरागमन गरेका छन् । क्यानका क्रिकेट म्यानेजर विनोद दासले सोमपाल फिट नभएर नपरेको छनोट समितिले आफूलाई जानकारी दिएको बताए ।

विवेक र लोकेशले घरेलु प्रतियोगितामा राम्रो छाप छाड्दै आएका छन् । दुबै आक्रामक ब्याटिङका लागि परिचित छन् । लोकेशले बुधबार सम्पन्न प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

जसक्रममा लोकेशले १४ बलमै सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध अर्धशतक प्रहार गरेका थिए । त्यस्तै समूह चरणमा बागमतीविरुद्ध २१ बलमा अर्धशतक प्रहार गरेका थिए । विवेकले प्रदेश २ बाट खेल्दै लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए आगमी फेब्रुअरी १७ देखि २४ सम्म हुनेछ । ग्लोबल छनोट ए मा नेपाल सहित ८ टोली छन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, ओमान, क्यानडा र पिलिपिन्स समूह बी मा छन् ।

आयरल्यान्ड, युएई, जमर्नी र बहराइन समूह ए मा छन् । समूह चरणको खेलपछि हरेक समूह शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

नेपालले १८ फेब्रुअरीमा ओमानसँग खेल्नेछ । १९ फेब्रुअरीमा पिलिपिन्स र २१ फेब्रुअरीमा क्यानडासँग खेल्ने तालिका । तर पनि आइसिसी र क्यानले औपचारिक रुपमा खेल तालिका भने घोषणा गरेका छैनन् । सेमिफाइनल २२ फेब्रुअरी र २४ फेब्रुअरीमा फाइनल खेल्नेछ ।

नेपाली टोलीः

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, विवेक यादव, लोकेश बम र प्रदीप ऐरी ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top