मन्त्री रेणु यादवले दिइन् सिके राउतको हत्या हुने चेतावनी

५ माघ ७८, बिहीबार

६ माघ, रौतहट ।
संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) की नेतृ रेणु यादवले सिके राउतको हत्या गर्ने धम्की दिएकी छिन् ।

बुधबार रौतहट सदरमुकाम गौरमा बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गौर नरसंहारको पुनरावृत्ति गर्ने अभिव्यक्ति दिएकी हुन्।

पदीय मर्यादा विपरीत उनले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई गौर काण्ड भएकै राइस मिलमा घेरेर हत्या गर्ने चेतावनी दिएकी छन्।

‘गौर नरसंहारको इतिहास राइस मिल जिवीत छ। गौरमा फँणा देखाउने प्रयास नगर,’ राउतलाई चेतावनी दिँदै मन्त्री यादवले भनिन्, ‘यहाँ लाठी भाँच्न मानिसले जानेका छन्। तुफानसँग टकराउने प्रयास नगर।’

हिन्दी भाषामा भाषण गर्दै फिल्मी शैलीमा उनले भनिन्, ‘तुफानसँग टकराउने प्रयास गर्यो भने त्यहि हालत हुन्छ। जुन गौरको राइस मिलमा भएको थियो। त्यो इतिहासलाई राउतले नभुलुन्। नत्र तपाइँको कार्यकर्ता मारिन्छन् र तपाइलाई पनि घेराबन्दी गरेर मारिदिन्छन्। हत्या हुन्छ। सतर्क रहनुस्।’

मन्त्री यादव बुधबार गौरमा कार्यक्रममा सहभागि हुन पुगेका बेला जनमत पार्टीका कार्यकर्ताले किसानको समस्या समाधान गर भन्दै नाराजुलुस गरेका थिए । उनीहरुले मन्त्री यादवलाई कार्यक्रम स्थल जान पनि अवरोध गरेका थिए।

सुरक्षा घेरामा कार्यक्रम स्थल पुगेकी मन्त्री यादवले सभालाई सम्बोधनका क्रममा सिके राउतविरुद्ध हिंसात्मक अभिव्यक्ति दिएकी हुन्।

उनले बलिदानी दिवस भएकै कारण गौरमा बुधबार नरसंहार रोकिएके संकेत समेत गरिन्। ‘फणा फैलाउने प्रयास नगर । गौरका मानिसले लाठी भाँच्न राम्ररी जानेका छन्। तिम्रो फणालाई तोडफोड गरेर घरमा राखिदिन्छन् । हामीले आज रोकि दियौं। आज बलिदानी दिवसको दिनमा हिंसा गर्नु हुँदैन भनेर।’

मन्त्री यादवले सिके राउतलाई हिम्मत भए सिंहदरबार घेर्न चुनौती दिइन्। ‘यदि तपाइँको कलेजोमा ताकत छ। गाई, भैँसीको दुध खानु भएको छ भने गएर सिंह दरबार घेराउ गर्नुस्।

घरमा फासफुस हरियो साग सब्जी खानु भएको होला,’ मन्त्री यादवले राउतलाई चेतावनी दिँदै भनिन्, ‘तर जसको नसमा गाइ र भैँसीको दुधको रगतको ताकत छ उसलाइ फासफुस कहिल्यै पनि हुँदैन। लड्ने प्रयास नगर्दा वेश हुन्छ।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top