घाना विस्फोटः कैयौं घर ध्वस्त, १७ शव फेला

६ माघ ७८, शुक्रबार

७ माघ, एजेन्सी ।
घानाको यपिएट शहरमा विस्फोट भएको छ ।

Advertisement

विस्फोटबाट कैयौं भवन भत्किएका छन् । घटनास्थलमा १७ वटा शव फेला परेका स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाहरुको संख्याबारे औपचारिक जानकारी दिएको छैन ।

सुनको खानीको रुपमा चिनिने शहरमा विस्फोट भएको हो । खानीका लागि आवश्यक विस्फोटक पदार्थ बोकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विस्फोट भएको बताइएको छ ।

Advertisement

स्थानीय मिडियाहरुले सार्वजनिक गरेको तस्वीर र भिडियोमा विस्फोट भएको स्थानमा धूलो र धूवाँको मुस्लो उडेको देखिन्छ । भग्नावशेषमा च्यापिएकाहरुले चिच्याउँदै सहायता मागेको पनि देखिन्छ ।

घानाका राष्ट्रपतिले ट्वीट गर्दै ‘अत्यन्तै दुःखद घटना’ भएको बताउँदै उद्धार तथा राहतका लागि सेना परिचालन गरिएको जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top