Nepal Times
Nepal Times
3
Shares

पूर्वाञ्चल विश्वविद्यालयको पनि सबै परीक्षा स्थगित

पूर्वाञ्चल विश्वविद्यालयको पनि सबै परीक्षा स्थगित

७ माघ, काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेको छ । आइतबारदेखि माघ मसान्तसम्म सबै परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक मोहन बस्नेतले जानकारी दिए ।

आज बसेको परीक्षा निर्देशन समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको नियन्त्रक बस्नेतले बताए । उनले भने ‘आज हामी बैठक बसिरहेका छौं । नौ गतेदेखि माघ मसान्तसम्म हाललाई सबै परीक्षा स्थगित गर्ने निर्णय गरेका छौं ।’ पीयूले पाँच वर्षे बीएएलएलबीको परीक्षा सञ्चालन गरिरहेको छ ।

कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलन थालेपछि विश्वविद्यालयले परीक्षा स्थगित गरेको हो । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.