ओमिक्रोन भेरिअन्टविरुद्ध नयाँ खोप परीक्षण गर्दै फाइजर र बायोन्टेक

१२ माघ, बीबीसी ।
फाइजर एन्ड बायोन्टेकले कोभिडको नयाँ भेरिअन्ट ओमिक्रोनलक्षित खोपको क्लिनिकल परीक्षण सुरु गरेका छन्।

Advertisement

उक्त कम्पनीहरूले बुस्टर मात्रा अनि खोप नलगाएका मानिसहरूमा तीन वटा फरक मात्रा दिएर नयाँ खोपबाट प्राप्त हुने सुरक्षाको परीक्षण गर्ने योजना बनाएका छन्।

अमेरिकामा हुने सम्भावना रहेको परीक्षणमा १,४०० भन्दा बढी वयस्कहरू सहभागी हुने अपेक्षा गरिएको छ। अमेरिकी कम्पनी मोडर्नाले पनि छिट्टै ओमिक्रोन लक्षित खोपको परीक्षण सुरु गर्ने योजना बनाइरहेको छ। त्यस्तै अक्सफर्ड विश्वविद्यालय र आस्ट्राजेनेकाले पनि नयाँ खोपका लागि काम गर्न सुरु गरेका छन्।

Advertisement

कोभिडका नयाँ भेरिअन्टहरू उत्पन्न हुन थालेसँगै खोप उत्पादकहरूले कोरोनाभाइरस विरुद्ध विकाश गरिएको खोपमा केही परिवर्तन गर्ने योजना बनाइएका थिए। तर पछिल्लो दुई महिनामा देखा परेको तीव्र गतिमा फैलन सक्ने ओमिक्रोन भेरिअन्टका कारण उनीहरूले त्यो प्रक्रियालाई तीव्रता दिएका छन्।

कैयौँ राष्ट्रहरूले हाल उपलब्ध खोपको बुस्टर वा तेस्रो मात्रा उपलब्ध गराइरहेका छन्। र त्यसले गम्भीर बिरामी पर्न वा मृत्यु हुनबाट ओम्रकोनको हकमा समेत निकै राम्रो सुरक्षा प्रदान गरिरहेका छन्। तर कोभिडबाट सङ्क्रमित नै नहुने वा मन्द लक्षण विरुद्ध सुरक्षा भने निकै कम छ र त्यो छिट्टै घट्न सक्छ।

Advertisement

बायोन्टेकका प्रमुख कार्यकारी अधिकृत तथा सह–संस्थापक प्राध्यापक उहर साहिनले नयाँ डेटाले सङ्क्रमण विरुद्ध अनि मन्द देखि मध्यम रोग विरुद्ध खोपले दिएको सुरक्षा विगतका स्ट्रेनको तुलनामा धेरै चाँडो घट्ने सङ्केत गरेको बताए।

यो अध्ययन हाम्रो विज्ञानमा आधारित खोप विकास गर्ने दृष्टिकोणको हिस्सा हो जसले ओमिक्रोनविरुद्ध पहिलेको भेरिअन्टमा जस्तै सुरक्षाको समान स्तर तर लामो अवधिको सुरक्षाको साथ प्राप्त गर्छ, उनले भने।

फाइजर–बायोन्टेकले यो वर्ष कोभिड–१९ विरुद्ध खोपका चार अर्ब मात्रा उत्पादन गर्ने अपेक्षा गरेको बताएका छन्। परीक्षणले आवश्यक रहेको देखाएमा यो सङ्ख्यामा परिमार्जन गरिएका खोपका मात्रा पनि समावेश हुनेछन्।

नयाँ खोपको परीक्षणका क्रममा ६१५ जना वयस्कहरूले फाइजर–बायोन्टेकले हाल उपलब्ध गराइरहेको खोपको दुई मात्रा प्राप्त गर्नेछन्। त्यसपछि उनीहरूले ओमिक्रोनलक्षित खोपको एक मात्रा प्राप्त गर्नेछन्।

त्यस्तै ६०० जना समावेश अर्को समूहमा हाल उपलब्ध खोपको तीन मात्रा लगाइसकेकाहरूलाई ओमिक्रोनलक्षित खोप दिइने छ। र २०० जना समावेश अर्को एक समूहका खोप नलगाएका वयस्कहरूले भने ओमिक्रोन लक्षित खोपको तीन मात्रा प्राप्त गर्नेछन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top