युक्रेनमा हमला भए अमेरिकाले पुटिनमाथि नै प्रतिबन्ध लगाउने

१२ माघ, बीबीसी ।
अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले युक्रेनमाथि आक्रमण गरे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि व्यक्तिगत प्रतिबन्ध लगाउनेबारे आफूले विचार गर्ने बताएका छन्।

Advertisement

पश्चिमा शक्तिहरूले युक्रेनमा हमला भए त्यसको रुसले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिँदै आएका बेला अमेरिकी राष्ट्रपतिको यस्तो भनाइ आएको हो। रुसले चाहिँ युक्रेनमाथि आफूले हमला गर्ने कुनै मनसाय नरहेको दोहोर्‍याउँदै आएको छ।

बाइडनले यदि रुसले आफ्नो दक्षिण–पश्चिमी छिमेकी राष्ट्रमाथि आक्रामक कदम चालेमा त्यसले विश्वका लागि असाधारण परिणाम निम्त्याउनसक्ने बताएका छन्। रुसले चाहिँ युक्रेन मामिलामा तनाव बढाउन अमेरिका र अन्य शक्तिहरूले भूमिका खेलेको आरोप लगाएको छ।

Advertisement

यद्यपि मस्कोले युक्रेनसँग जोडिएको आफ्नो सीमा क्षेत्रमा हातहतियार सहित ठूलो सङ्ख्यामा सैनिकहरू तैनाथ गरेको छ। त्यस क्षेत्रमा उसका करिब एक लाख सैनिकहरू तैनाथ छन्। संवाददाताहरूले यदि युक्रेनमाथि आक्रमण भए तपाईँ रुसी राष्ट्रपतिमाथि व्यक्तिगत रूपमै प्रतिबन्ध लगाउनु हुन्छ ? भनेर सोधेको प्रश्नको जवाफमा बाइडनले हो भनेका थिए।

उनले युक्रेनको सिमाना पार गर्ने आक्रामक कदमले विश्वव्यापी रूपमा असाधारण परिणाम निम्त्याउने र यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो आक्रमण हुनसक्ने बताए। बाइडनले त्यस्तो अवस्थाले पूर्वी युरोपमा नेटोको उपस्थितिलाई बलियो बनाउन आफू बाध्य भएको महसुस गराउनसक्ने पनि बताए।

Advertisement

उनले भने, हामीले के स्पष्ट गर्नुपर्छ भने नेटोका कुनै पनि सदस्यले चिन्ता लिनुपर्ने कुनै कारण छैन । नेटो उनीहरूको रक्षामा आउँछ। तर बाइडनले युक्रेनमा नै अमेरिकी सेना पठाउने कुनै योजना नभएको दोहोर्‍याए।

यसअघि अमेरिकाले युक्रेनमाथि रुसले हमला गर्नसक्ने चिन्तामाझ करिब साढे आठ हजार अमेरिकी सेनाहरू छोटो सूचनामै जहाँ पनि जानसक्नेगरी उच्च सतर्क अवस्थामा रहेको बताएको थियो।

दुई दिनअघि अमेरिकी विदेश मन्त्रालयले युक्रेनस्थित आफ्नो दूतावासका कर्मचारीका आफन्तलाई उक्त देश छाड्न आदेश दिएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top