×

NEPAL TIMES UPDATES

Playing
सुगौली सन्धिको धारा ५को रहस्य, जुन भारतले कहिल्यै भन्न चाहँदैन|| Nepal Times
May 07, 2026
Playing
आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ? || Nepal Times
May 07, 2026
Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026

क्यानडा प्रदर्शनः कोभिड खोपको विरोधमा दोस्रो दिन पनि राजधानी ओटावा ठप्प

१७ माघ २०७८

१७ माघ, बीबीसी ।
अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकहरूका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरिएपछि त्यसको विरोधमा भएको प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन पनि ठप्प भएको छ।

राजधानी ओटावामा फ्रिडम कन्भोई भनिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारीहरू सहभागी भएका छन्। उक्त प्रदर्शनसँग सम्बन्धित ठानिएका स्वस्तिक चिह्न अङ्कित झण्डा देखाइएको र एकजना अज्ञात सैनिकको चिहानमा महिला नाच्दै गरेको लगायतका भिडिओ फुटेजबारे प्रहरीले अनुसन्धान थालेको छ।

Advertisement
Advertisement

रक्षामन्त्री अनिता आनन्दले ती घटनाहरू निन्दनीयभन्दा पनि माथि भएको बताइन्। ओटावा प्रहरीले ट्वीट गर्दै राजधानी सहरका स्मारकहरूलाई अपवित्र पारेको बिषयमा अनुसन्धानहरू थालिएको जनाएको छ। त्यस्तै उसले प्रहरी, नगर कर्मचारी र अन्य व्यक्तिहरूमाथि दिइएको धम्की र गरिएको धम्कीपूर्ण व्यवहारको पनि अनुसन्धान गरिरहेको जनाएको छ।

प्रदर्शन
ट्रक चालकहरूले क्यानडाको संसद् भवन वरपरका सडकहरू ट्रक राखेर अवरुद्ध पारेका छन्। ओटावाका मेयर जिम वाट्सनका अनुसार केही प्रदर्शनकारीहरूले एउटा रेस्टुरेन्टका कर्मचारीहरूलाई सित्तैमा खानेकुरा माग गर्दै दुर्व्यवहार गरेका छन्।

उक्त रेस्टुरेन्टले भित्र बस्दा मास्क लगाउनुपर्ने नियम मान्न आग्रह गरेपछि प्रदर्शनकारीले दुर्व्यवहार गरेका थिए। सुरक्षा चिन्ताका कारण प्रधानमन्त्री जस्टिन ट्रुडोले र परिवारका साथ शनिवार ओटावास्थित आफ्नो घर छाडेका छन्।

क्यानडाका एक लाख २० हजार सीमा वारपार गर्ने ट्रक ड्राइभरभध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेका छन्। सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा सुरु भएको भए पनि प्रदर्शनमा अन्य मागहरू पनि थपिएका छन्।

माग

कतिपय प्रदर्शनकारीहरूले उक्त निर्णय हटाइए पनि देशव्यापी रूपमा अनिवार्य गरिएको खोपलाई अन्त्य गर्नुपर्ने माग राखिरहेका छन्। प्रधानमन्त्री ट्रुडोले यसै साताको सुरुमा एउटा पत्रकार सम्मेलनमा प्रदर्शनकारीहरूलाई सानो सङ्ख्याका अल्पसङ्ख्यक भनेका थिए।

कन्जरभेटिभ नेता एरिन ओटूलले केही प्रदर्शनकारीहरूलाई भेटेका छन् र शान्तिपूर्ण प्रदर्शनको अधिकारको पक्षमा बोलेका छन्। तर उनले ओटावामा रहेका स्मारकहरूको अपमान गर्ने व्यक्तिहरूको आलोचना गरे। ट्रुडोको लिबरल सरकारले ज्यानुअरी १५ तारिखमा खोपसम्बन्धी एउटा आदेश जारी गरेको थियो।

Advertisement
Advertisement

त्यसमा खोप नलगाएका क्यानेडियन ट्रक ड्राइभरहरूले दुई देशको सीमा पार गरेपछि अनिवार्य क्वारन्टीन बस्नुपर्ने नियम लगाइएको छ। अमेरिकाले पनि हालै विदेशी ट्रक ड्राइभरहरूले अमेरिका प्रवेश गर्दा खोपको प्रमाण देखाउपर्ने बताएको छ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top