संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै उपभोक्ता महासंघको प्रदर्शन

Share this
708shares

१८ माघ, काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघले संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गरेको छ ।

Advertisement

मस्यौदा सामुदायिक वन अधिकार विरोधी रहेको भन्दै महासंघले त्यसलाई खारेज गर्न माग गरेको छ ।

प्रदर्शनमा सहभागीहरुले ‘सामुदायिक वनमा भैरहेको प्रतिगमन बन्द गर’, ‘संरक्षण क्षेत्रमा भइरहेको लैंगिक हिंसा बन्द गर’, ‘जिल्ला वन पैदावार आपूर्ति समिति खारेज गर’, ‘वन्यजन्तु आतंक नियन्त्रण गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

Advertisement

उनीहरुले थाल ठटाउँदै वन परिसर अगाडि नाराबाजी गरिरहेका छन् । प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले सुरूमा वन परिसरको गेटमै रोके पनि पछि नियन्त्रणमा लिएको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन) का सचिव ठाकुर भण्डारीले अध्यक्ष भारती पाठकसहित १४ जना प्रहरी नियन्त्रणमा रहेको जानकारी दिए ।

Advertisement

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन)ले वन पैदावार र सदुपयोगमा प्रतिबन्ध लगाइएको जनाउँदै विरोध प्रदर्शन गर्दै आएको छ । महासंघले संरक्षित क्षेत्र विस्तार गर्ने कार्य रोक्न, तेहेरो कर खारेज गर्न, वन पैदावारको उपयोगमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top