एजेन्सी, साउन ३०
क्रिस्टियानो रोनाल्डोले ११२ मिलियन युरोमा रियल म्याड्रिड छाडेर युभेन्ट्स गएसँगै धेरै समर्थक आश्चर्यचकित बनेका थिए। तर रियलमा उनको बढ्दो असन्तुष्टिका कारण रोनाल्डोको युभेन्ट्स जानु अपेक्षाकृत थियो ।
लुका मोड्रीचमा बिषयमा भने सो कुरा लागु नहुन सक्छ । इन्टर मिलानले मोड्रीचलाई अनुबन्धन गर्ने प्रयास गरिरहेको छ । यसैबीच मोड्रीच स्वयंले समेत सिरी एमा जाने इच्छा देखाएको खबर बाहिरिएको छ ।
फ्लोरेन्टिनो पेरेजले भने मोड्रीचलाई खरिद गर्न ७५० मिलियन युरो तिर्नु पर्ने जनाएका छन्। यो रकम धेरैका लागि सोच्नै नसक्ने हुनसक्छ । मोड्रीचले म्याड्रिडबाट ३ लगातार च्याम्पियन्स लिग जितेका छन् भने रुसमा सम्पन्न विश्वकपको सर्वोत्कृष्ट खेलाडी समेत बनेका थिए ।
सन् २०१२ मा टोटनह्यामबाट म्याड्रिड आएका मोड्रीचले बितेको ६ बर्षमा १४ मुख्य उपाधि जितेका छन्। यध्यपी आश्चर्यजनक तथ्य के छ भने ला(लिगामा रियल म्याड्रिडले मोड्रीच बिना उत्कृष्ट प्रदर्शन गरेको छ ।
मोड्रीच टोलीमा हुँदा खेलेका १६६ खेलमा रियलले ११५ पटक ३ अंक लिन सफल बनेको छ। मोड्रीच हुँदा रियलले औसतमा ६९ ५ खेल जितेको तथ्य छ । तर मोड्रीच नहुँदा भने रियलले ६२ मध्ये ४७ खेल जितेको छ जुन ७६ ५ औसत समेत हो । मोड्रीच संग रियलले औसतमा प्रति खेल २.२ अंक जितेको छ भने उनी नहुँदा औसतमा प्रति खेल २.४ अंक जित्न सफल बनेको छ ।