एजेन्सी, साउन ३०
म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर कार्लोस टेभेज अफ्ना पूर्व सहकर्मी लियोन मेस्सी विरुद्ध खेल्न उत्साहित देखिएका छन् । टेभेजको टोली बोका जुनियर्सले बुधबार जोआन ग्याम्पर ट्रफीमा बार्सिलोनाको सामना गर्ने भएको छ ।
मेस्सी र टेभेजले अर्जे्न्टिनाका लागि लामो समयसँगै खेलेका थिए । टेभेज सन् २००६ र २०१० विश्व कपमा अर्जे्न्टिना फुटबल टोलीका सदस्य थिए । ३४ वर्षे टेभेज मेस्सीसँगको भेटका लागि आतुर छन् ।
टेभेजले आफ्नो खेल जीवनको महत्वपूर्ण समय वेस्ट ह्याम युनाइटेड तथा म्यानचेस्टर क्लबहरु युनाइटेड र सिटीमा विताएका थिए । उनले खेल जीवनमा तीन पटक प्रिमियर लिग, एकपटक एफए कप र एकपटक च्याम्पियन्स लिग उपाधि जितेका थिए । उनले इटालियन क्लब युभेन्ट्सबाट पनि खेले । जहाँ उनी दुई पटक सिरिए र एक पटक कोपा इटालिया जिते ।
२०११ अघि सात वर्ष अर्जे्न्टिनाका लागि ७६ खेल खेल्दै टेभेजले १३ गोल गरेका थिए । २०१५ यता अर्जे्न्टिनाको फुटबल टोलीमा पर्न नसकेका टेभेजको अन्तर्रा्ष्ट्रिय खेल जीवन भने लगभग विश्रामको अवस्थामा छ ।