नेपाल जापानसँग १–० ले पराजित

३० साउन ७५, बुधबार
Share this
782shares

विराटनगर,साउन ३०
१८ औँ एसियालि खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत मंगलबार भएको खेलमा नेपाली यु–२३ पुरुष फुटबल टोली जापानसँग पराजित भएको छ । नेपाली यु–२३ टिम जापानको यु–२३ टिमसँग १–० ले पराजित भएको हो ।

Advertisement

यससँगै नेपाल एसियाडमा जापानसँगको चौथो भेटमा चारै पटक पराजित भएको छ । सन् १९८६ मा दक्षिण कोरियामा भएको एसियन गेम्स र सन् १९९२ मा थाइल्याण्डमा भएको एसियन गेम्समा नेपाल जापानसँग समान ५–० ले पराजित भएको थियो । सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा नेपाल ४–० ले पराजित भएको थियो ।

सिकाराङस्थित विबावा मुक्ति रंगशालामा आज भएको समूह ‘डी’ को पहिलो खेलमा नेपाल खेलको सातौ मिनेटमा नै पछि परेको थियो । जापानका लागि मिटोमा काउरुले सातौ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।त्यही सातौँ मिनेटको गोल नै नेपालको हारमा निर्णायक बन्यो ।

Advertisement

खेललाई जापानले आफ्नो नियनत्रणमा राखेपनि त्यसपछि थप गोल गर्न सकेन । जापानी फरवार्डले नेपालको बलियो रक्षापङ्ति तोड्न सकेन । नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले धेरै उत्कृष्ट बचाउ गरेका थिए ।

थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण र दुई अभ्यास खेल खेलेर इन्डोनेसिया पुगेको नेपाली टोलीे थाइल्यान्डमा खेलेको दुवै अभ्यास खेलमा पराजय भोगेको थियो । समुह ‘डी’ रहेको नेपालले दोस्रो खेलमा नेपालले भियतनामसँग १६ अगष्टमा खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले १९ अगस्टमा पाकिस्तानको सामना गर्नेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top