रियाल म्याड्रिडमा मोड्रीचको भविष्य कस्तो होला ?

३० साउन ७५, बुधबार
Share this
739shares

एजेन्सी, साउन ३०
क्रिस्टियानो रोनाल्डोले ११२ मिलियन युरोमा रियल म्याड्रिड छाडेर युभेन्ट्स गएसँगै धेरै समर्थक आश्चर्यचकित बनेका थिए। तर रियलमा उनको बढ्दो असन्तुष्टिका कारण रोनाल्डोको युभेन्ट्स जानु अपेक्षाकृत थियो ।

Advertisement

लुका मोड्रीचमा बिषयमा भने सो कुरा लागु नहुन सक्छ । इन्टर मिलानले मोड्रीचलाई अनुबन्धन गर्ने प्रयास गरिरहेको छ । यसैबीच मोड्रीच स्वयंले समेत सिरी एमा जाने इच्छा देखाएको खबर बाहिरिएको छ ।

फ्लोरेन्टिनो पेरेजले भने मोड्रीचलाई खरिद गर्न ७५० मिलियन युरो तिर्नु पर्ने जनाएका छन्। यो रकम धेरैका लागि सोच्नै नसक्ने हुनसक्छ । मोड्रीचले म्याड्रिडबाट ३ लगातार च्याम्पियन्स लिग जितेका छन् भने रुसमा सम्पन्न विश्वकपको सर्वोत्कृष्ट खेलाडी समेत बनेका थिए ।

Advertisement

सन् २०१२ मा टोटनह्यामबाट म्याड्रिड आएका मोड्रीचले बितेको ६ बर्षमा १४ मुख्य उपाधि जितेका छन्। यध्यपी आश्चर्यजनक तथ्य के छ भने ला(लिगामा रियल म्याड्रिडले मोड्रीच बिना उत्कृष्ट प्रदर्शन गरेको छ ।

मोड्रीच टोलीमा हुँदा खेलेका १६६ खेलमा रियलले ११५ पटक ३ अंक लिन सफल बनेको छ। मोड्रीच हुँदा रियलले औसतमा ६९ ५ खेल जितेको तथ्य छ । तर मोड्रीच नहुँदा भने रियलले ६२ मध्ये ४७ खेल जितेको छ जुन ७६ ५ औसत समेत हो । मोड्रीच संग रियलले औसतमा प्रति खेल २.२ अंक जितेको छ भने उनी नहुँदा औसतमा प्रति खेल २.४ अंक जित्न सफल बनेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top