बर्दियाको दुर्गम मझरा बस्ती जोड्ने झोलुङ्गे पुल बनेपछि स्थानीय उत्साहित

२५ माघ ७८, बुधबार

२६ माघ, बर्दिया । बर्दियाको दुर्गम मझरा बस्ती जोड्ने कर्णाली नदीमाथि झोलुङ्गे पुल बनेपछि बर्षौदेखि सास्ती खेप्दै आएका मझराबासी खुशी भएका छन् ।

Advertisement

बर्दियाको यो दुर्गम मझराबस्ती जोड्ने कर्णाली नदीमाथि झोलुङ्गे पुल बनेपछि यहाँका बासिन्दाहरुको दुःख बिस्तारै हटेको छ । पुल नहुँदा ज्यानै जोखिममा राखेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको यहाँका बासिन्दाकालागि पुल बनेपछि आवतजावतमा सहज भएको छ ।

यो बस्तीलाई जोड्न लुम्विनी प्रदेशको १ करोड ६२ लाख ५० हजार रुपैयाँको लागतमा २ सय ३ मिटर लामो झोलुङ्गे पुल बनेको छ ।

Advertisement

दैनिक रुपमा मेलापात, घाँसदाउरा गर्न आउजाउ गर्नु र त्यसको लागि डुङ्गाको सहारा लिँदै आएपनि बजार जाँदा डुंगाको व्यवस्था नहुँदा निथ्रुक्क भिजेर जानु पर्ने बाध्यता थियो ।

गाउँमा रहेको एउटा विद्यालयमा आवतजावत गर्ने विद्यार्थीहरु स्कुल जान समेत कठिन हुने गरेको अवस्थामा झुलुङ्गे पुल निमार्ण सम्पन्न यहाँका स्थानीयहरु निकै उत्साहित भएका छन् ।

Advertisement

पुल नहुँदा बिरामी परेको बेला बर्दिया सदरमुकाम पुग्न समेत समस्या थियो भने स्वास्थ्य उपचार नपाएर वाल बच्चाको अकालमा ज्यान गुमाउनुपर्ने बाध्याता थियो ।

राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी पनि लामो समयपछि मझराबस्ती जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएसँगै खुशी देखिएका छन् ।

२०४२ सालमा बसेको मझरा बस्तीमा झण्डै १ सय ५० घरधुरी छन् भने गाउँमै एउटा विद्यालय पनि छ । पुल बनेपछि मझराबस्तीका बासिन्दालाई सदरमुकाम पुग्न सहज हुने छ ।

यता, पिछडिएको बस्तीको रुपमा रहेको यहाँका बासिन्दाले विद्युतको सुविधा अझै पाएका छैनन् । बैकल्पिक उर्जाका रुपमा २ घण्टा मात्रै बल्ने सोलार छ । पातलो बस्ती जंगली जनावर बाघको आक्रमणबाट बर्षेनी ज्यान गुमाउनु पर्ने बाध्यता छ।

चुनाव ताका नेताहरु भोट बैंकको रुपमा स्थानियहरुका घरघरमा पुग्ने गरेपनि त्यहाँको विकासमा खासै चासो नदेखाए पनि पुल निमार्णले सुखद सुरुवाती सन्देशको रुपमा स्थानीयले लिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top