×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कम्तिमा स्नातक उत्तिर्ण र १० वर्ष अनुभव भएकालाई मात्र विशेषज्ञ वा विज्ञ नियुक्त गर्नुः सर्वोच्च

११ फाल्गुन २०७८

११ फागुन, काठमाडौँ । सर्वोच्च अदालतले कुनै पनि विधाको विशेषज्ञ वा विज्ञ नियुक्त गर्दा कम्तिमा स्नातक उत्तिर्ण भएको र १० वर्ष सम्बन्धित विषयमा अनुभव भएको व्यक्ति चयन गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

नेपाल आयल निगमको सञ्चालक समितिको सदस्य नियुक्तिसम्बन्धी विवादमा सर्वोच्चले न्यूनतम स्नातक र १० वर्षे अनुभव भएको व्यक्तिमध्ये योग्यतम् व्यक्तिलाई खुला र प्रतिस्पर्धी आधारमा मात्रै नियुक्त गर्न आदेश दिएको हो ।

Advertisement
Advertisement

तत्कालिन उद्योगमन्त्री लेखराज भट्टले ११ माघ २०७७ मा बाजुरा बुडिनन्दा नगरपालिका–५ का सहदेव बोगटीलाई निगमको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो । सदस्यमा नियुक्त भएका बोगटी एसएलसी उत्तिर्ण थिए भने ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिमा सदस्य भई काम गरेका थिए । उनी खप्तड क्षेत्र पर्यटन विकास समितिको ४ वर्ष अध्यक्ष बनेका थिए ।

तर शैक्षिक योग्यताका साथै सम्बन्धित क्षेत्रको ज्ञान र अनुभव नभएको व्यक्तिलाई विज्ञ सदस्य नियुक्त गरिएको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्च अदालतमा मुद्दा हालेको थियो ।

त्यही मुद्दामा सर्वोच्चले सदस्य पदमा मनोनयन हुनका लागि सम्बन्धित विषयमा न्यूनतम ज्ञान र अनुभव हुनुपर्ने भन्दै फैसलामा भनेको छ, ‘न्यूनतम पनि वाञ्छनीय योग्यता नभएका व्यक्तिको मनोनयनबाट सार्वजनिक संस्थानहरूको सुसंचालन र व्यवस्थापनमा कुनै सकारात्मक योगदान प्राप्त हुन सक्ने देखिँदैन ।’

सार्वजनिक जिम्मेवारीको पदमा नियुक्ति वा मनोनयन गर्दा स्वेच्छाचारिता अपनाउन नमिल्ने भन्दै उपभोक्ताको हक, हित र अधिकार संरक्षणका लागि पनि त्यो आवश्यक रहेको औल्याएको हो ।

Advertisement

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले गरेको फैसलामा भनिएको छ, ”सहदेव वोगटीलाई नेपाल आयल निगमको सञ्चालक समितिको विज्ञ सदस्य पदमा गरिएको मनोनयन अनुचित, अतार्किक, सुशासनको मर्म विपरित र स्वेच्छाचारीपूर्ण देखिँदा निजलाई मनोनयन गर्ने सम्बन्धमा भएका निर्णय, काम कारवाही पत्राचार समेत उत्प्रेषणको आदेशले बदर गरिएको छ ।’

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top