×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संसद् भवन आसपासका क्षेत्रमा सुरक्षाका लागि उपत्यकाबाहिरबाट समेत प्रहरी झिकाइयो

१५ फाल्गुन २०७८

१५ फागुन, काठमाडौँ । एमसीसी सम्झौतामाथि आजको संसद् बैठकमा छलफल हुने सम्भावना रहेकाले संसद् भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बिहानैदेखि यी क्षेत्रहरुमा सुरक्षाकर्मी खटिएका छन् । संसद् बैठक दिउँसो १ बजे बस्दैछ । आवश्यक परेमा माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्ड खाली गराउने सुरक्षाकर्मीको तयारी छ ।

Advertisement
Advertisement

तर, यतिबेला सडकको अवस्था सामान्य रहेकाले अहिले गाडीको आवतजावत सामान्य छ । तर, बिहान ११ बजेपछि विरोध प्रदर्शन हुने भएकाले त्यसपछि भने यो सडक खण्ड प्रभावित हुनसक्ने सम्भावना छ ।

एमसीसीको विषयलाई लिएर यो सडकखण्डमा लगातारजसो आन्दोलन भइरहेको छ । आन्दोलनलाई नियन्त्रणमा लिन काठमाण्डौ उपत्यकाबाहिरबाट समेत सुरक्षाकर्मी झिकाएर खटाइएको छ ।

सशस्त्र प्रहरी बलले काभ्रे, सिन्धुपाल्चोक, धादिङ, तनहुँलगायत जिल्लामा कार्यरत प्रहरीलाई काठमाण्डौमा झिकाएर खटाएको छ ।

सत्ता गठबन्धनकै दल माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी नै एमसीसीको विपक्षमा उभिँदा कार्यकर्ताहरु विरोधमा उत्रिएका छन् ।

Advertisement

तर, एमसीसी पारित गर्न यी दुई दल सहमति नजिक पुगेकाले आजको अवस्था फरक हुन सक्ने सम्भावना छ । सहमतिलाई औपचारिक रुप दिन माओवादी र एकीकृत समाजवादी छलफलमा जुट्दै छन् ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top